दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(नयाँ नभेटिएको दिन)
परीक्षण दायरा बढेपनि शुक्रबार नयाँ संक्रमित थपिएनन्/हालसम्म कोरोना संक्रमितको संख्या ४८ /१० जना निको भएर घर फर्किए/४७ हजार ४ सय ९६ परीक्षण / आइसोलेसनमा ८९ जना /१२ हजार ९ सय ८५ जना क्वारेन्टाइनमा ।

२.(ट्रेसिङ टोली)
कोरोना नियन्त्रणका लागि ट्रेसिङ तथा ट्रयाकिङको काम व्यवस्थित गर्न स्थानीय तहमा सहजीकरण टोली गठन/हरेक गाउँपालिकामा एक, नगरपालिकामा २ , उपमहानगरमा ३ र महानगरपालिकामा ५ वटा समूह परिचालन हुने ।

३.(भोजपुरमा संत्रास)
भोजपुरको हतुवागढीका २६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिका सिल /संक्रमित युवकसँग सिधा सम्पर्कमा आएका व्यक्तिहरूको स्वाब राख्न भाँडोको अभाव/१४ जनाको मात्र स्वाब लिएको प्रमुख जिल्ला अधिकारीको भनाई ।

४.(मेसिनको मसला)
प्रादेशिक अस्पताल जनकपुरधामस्थित पीसीआर प्रयोगशालाको रिपोर्टमा शंका उत्पन्न भएपछि तत्कालका लागि परीक्षण बन्द / दुई पटक गरिएको स्वाब परीक्षणमा नेगेटिभ देखाएपनि काठमाडौंमा पोजिटिभ रिपोर्ट आएपछि मेसिनको विश्वसनियता माथि प्रश्न ।

५.(लकडाउनको रमजान)
शनिबारदेखि सुरु मुस्लिम धर्मावलम्बीहरुको रमजान पर्वमा लकडाउनको पूर्णपालना गर्दै घरमै बसेर नमाज पढ्न र सामाजिक दुरी कायम गर्न मुस्लिम आयोगको अपील /संक्रमितको सम्पर्कमा आएका कोही छुटेको भए तत्काल परीक्षण गराउन आग्रह ।

६.(झुकेको ओली सरकार)
आफ्नै दलभित्रबाट समेत व्यापक असन्तुुुष्टि आएपछि दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने सरकारको निर्णय/सरकारको पत्रपछि राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दुवै अध्यादेश खारेज ।

७.(काग्रेसको हुंकार)
सरकारले ४ दिनअघि ल्याएका दुवै विवादित अध्यादेश फिर्ता गरेको निर्णयको प्रमुख प्रतिपक्षी दल कांग्रेसद्वारा स्वागत/सरकारले गल्ती सच्याएको र अब अपहरण शैलीमा सांसद उठाउनेलाई कारवाही गर्नुपर्नेमा प्रवक्ता विश्वप्रकाश शर्माको जोड ।

८.(कस्ता दिन आए)
१६ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा विराटनगरका चारजना मोरङको बूढीगंगा गाँउपालिकाबाट प्रहरी नियन्त्रणमा /जबर्जस्ती घारीमा लगेर धम्क्याउँदै सामूहिक बलात्कार गरेको पीडितको उजुरी ।

९.(दुःखी भूकम्प)
२०७२ सालमा गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पको पाँच वर्ष पूरा /खरबौंको नोक्सानी हुनेगरी क्षति भएका भौतिक संरचनाहरुको पुननिर्माणको काम भूकम्प गएको पाँच वर्ष पुग्दा समेत सम्पन्न हुन सकेन ।

१०.(मृगौलाको पिडा)
भक्तपुरको सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले लकडाउनको समयमा पनि डायलासिसका विरामीलाई सेवा दिँदै / दैनिक ७५ जनाको डाइलासिस हुदै/ एकसय ८७ बिरामीहरु अझै प्रतिक्षासूचीमा ।

११.(सरकारले सुनोस्)
कोरोना महामारी नियन्त्रणमा मात्रै ध्यान केन्द्रीत गर्न सरकारलाई राष्ट्रियसभाको दिगो विकास समितिको निर्देशन /जनताको भोट र नोट लिने सरकारले उनीहरुको जीवनमाथि खेलवाड गर्न नहुने सांसद दिनानाथ शर्माको माग ।

१२.(कोरोनाको पीर)
लकडाउनका कारण भारतका विभिन्न ठाउँमा अलपत्र परेका नेपालीहरु नेपाल भित्रिने क्रम रोकिएन / शुक्रबार दुईजना नेपाली मजदुर भारतबाट महाकाली नदी तरेर नेपाल प्रवेश / दुवैलाई क्वारेन्टाइनमा बुझाइयो ।

१३.(शंकास्पद मृत्यु)
कैलालीमा एन प्याब्सन नेपालका केन्द्रीय उपाध्यक्ष ४० वर्षीय कृष्णप्रसाद भुसाल मृत अवस्थामा फेला / भुसालको हत्या भएको भन्दै दोषीलाई पक्राउ गर्न स्थानीयबासीको माग /घटनाबारे थप अनुसन्धान जारी ।

१४.(घर फर्किए श्रीलंकाली)
लकडाउनका कारण नेपालमा अलपत्र परेका ७६ जना श्रीलंकाली नागरिकको श्रीलंका दुतावासद्वारा विमान चार्टर्ड गरी उद्दार /लकडाउन यताकै ३३ औं अन्तर्राष्ट्रिय चार्टर्ड उडान रहेको प्राधिकरणको भनाई ।

र,
१५.(कहरको कथा)
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण अहिलेसम्म एक लाख ९१ हजार बढीको मृत्यु /२७ लाख ४५ हजार बढी संक्रमित / ७ लाख ५५ हजार बढी उपचारपछि घर फर्किए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top