धनुषामा असिनापछि भारी वर्षा, हावाहुरीले मानवबस्ती र बालीनालीमा क्षति

१२ बैशाख ७७, शनिबार

१२ वैशाख, जनकपुरधाम ।
शुक्रबार मध्यान्ह धनुषामा आधा किलोसम्मको असिना झरेसँगै भारी वर्षा भएको छ ।

तीव्र गतिको हावाहुरीसँगै सुरुमा सुक्खा असिना खसेको छ । असिनापछि भारी वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा लगाएका बालीनालीमा समेत क्षति पुगेको छ। सुक्खा असिना, हावाहुरी र वर्षाका कारण दर्जनौँ घरका छाना उडाएको छ भने कतिको घर, गोठ, पसल समेत भत्काएको धनुषा बटेश्वर गाउँपालिकाका स्थानीय किसान गौरीशंकर महतोले बताए ।

उनले भने, खेतमा लगाएको काँक्रो, टमाटर, सिमी, मकै सबै ढुटो बनायो । जिल्लाका विभिन्न स्थानका कृषकहरुले दिएको जानकारी अनुसार बारीमा लगाइएका ठूलो परिमाणका नगदे तरकारी बालीहरुमा पनि ठूलो क्षति भएको छ ।

Advertisement

नगदे बालीको बिक्री गरेर जीविका गर्दै आएका कृषकहरुलाई असिना, पानीले आर्थिक सङ्कट पर्ने भएको छ । बटेश्वर लक्ष्मिनीवासका जागृत महतोले हावाहुरी र असिनाले आँपको स–साना टिकुला सखाप पारेको बताए । उनले भने, आँप राम्रो फलेको थियो, तर आजको हुरी र असिनाले सखाप बनायो, रुख बाहेक बोटमा एकआध बाहेक आँपको टिकुला सबै तल खस्यो ।

जिल्लाको बटेश्वर गाउँपालिकासहित मिथिला, सबैला, धनुषाधाम, गणेशमान चारनाथ, महोत्तरीको गौशाला, बर्दिबास भंगहा, औरही लगायत स्थानीय तहमा हावा, वर्षा र असिनाले क्षति पुर्‍याएको छ।

Advertisement

सयौं हेक्टर जग्गामा स्थानीय किसानले लगाएको मकै तथा तरकारीबाली नष्ट बनाएको किसानले बताएका छन् । त्यसैगरी, तीव्रगतिका हावाहुरीका कारण जिल्लाका आधा दर्जनभन्दा बढी गाउँमा बिजुलीका पोल रुख ढलेका छन्।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top