अलपत्र यात्रु बोकेर हिँडेको बस दुर्घटना, एकको मृत्यु

१२ बैशाख ७७, शनिबार

१३ वैशाख, जनकपुरधाम ।
काठमाडौँबाट उदयपुर जाँदै गरेको बस महोत्तरीको बर्दिबासमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

लकडाउनका कारण अलपत्र परेका व्यक्तिहरुलाई उदयपुर लैजाने क्रममा शनिबार बिहान महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ३ स्थित पाटुमा बस पल्टिँदा बसका सह–चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

दोलखाको तामाकोसी २ का २४ वर्षीय बसका सह–चालक बाबुराम विकको घटना स्थलमै मृत्यु भएको र २२ वर्षीय प्रदीप विक गम्भीर घाइते रहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए ।

Advertisement

बसमा ३५ जना सवार थिए । उनीहरुलाई अर्को बसको व्यवस्था गरी उदयपुर पठाइएको बुढाथोकीले जानकारी दिए । लकडाउनको कारण काठमाडौँमा फसेका उदयपुरका ३५ जनालाई बोकेर हिँडेको बा ३ ख ४०३६ नम्बरको बस दुर्घटनामा परेको हो ।(रासस)

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top