१५ बैशाख, काठमाडौं । सरकारले इपिएसअन्तर्गत दक्षिण कोरियामा श्रम गर्न जानेका लागि बाटो खुल्ला गर्ने भएको छ ।
हिजो आइतबार बसेको मन्त्रिपरिषद बैठकले इपिएस पास भएकालाई कोरियासँग सहमति गरी जान दिने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।
लकडाउनका कारण इपिएस पास भएर पनि जान नपाएकाको अवस्था के हुने भन्ने अन्यौल रहँदै आएको थियो । दक्षिण कोरियामा भने लकडाउनविना कोरोनाभाइरस नियन्त्रणमा आइसकेको छ।