सरकारको विरोधमा काँग्रेसको राँके जुलुस

१५ बैशाख ७७, सोमबार

१५ वैशाख, सिन्धुपाल्चोक ।
लकडाउनको समयमा नेपाली कांग्रेसले सिन्धुपाल्चोकमा जुलुस निकालेको छ।

Advertisement

सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र नेपाल प्रहरीका पूर्व आइजिपी सर्बेन्द्र खनाल सांसद अपहरणमा संलग्न भएको अभियोगमा प्रहरीले उजुरी लिन नमानेको विरोधमा नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ ले आइतबार बेलुका राँके जुलुस निकालेको हो ।

जनता समाजवादी पार्टीका नेताहरुले उजुरी दर्ता गर्न गए पनि प्रहरीले नमानेपछि कांग्रेसले सरकारको बिरोधमा जुलुस निकालेका हुन् । जुलुसमा कांग्रेसका नेताहरुले पूर्व सचिव भीम उपाध्ययको रिहाइको समेत माग राखेको गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top