१५ वैशाख, सुनसरी ।
सुनसरीको धरान उप–महानगरपालिका–१८ दुर्गाचोकमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
आईतवार बेलुका पौने ७ बजेको समयमा को ३४ प १०३९ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक धरान–१६ का २४ बर्षीय बिशाल तामाङ घाईते भएका थिए ।
तामाङलाई उपचारका लागि बी.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लगिएको थियो । उपचारको क्रममा नै राती साँढे ८ बजे तामाङको मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।