साउदी अरबमा नेपाली श्रमिकका समस्या सुन्न टेलिफोन सेवा सुरु

१५ बैशाख ७७, सोमबार

१५ वैशाख, काठमाडौं ।
साउदी अरबमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीका गुनासा सुन्नको लागि छुट्टै टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ ।

Advertisement

फेसबुक, इमेल, ह्वाट्सएपबाट गुनासाहरु पठाउन कठिन भएको भन्ने जानकारी प्राप्त भएकाले समस्यामा परेका नेपालीको विवरण टेलिफोनबाट समेत लिने गरी दुईवटा टेलिफोन नम्बरको व्यवस्था गरिएको दूतावासले जनाएको छ ।

अब ०५०००३१७०५ र ०५०००३४७८६ मा फोन गरेर आफ्ना समस्याहरु टिपाउन सकिनेछ । बिहान ९ बजेदेखि १२ बजेसम्म र दिनको १ बजेदेखि ४ बजेसम्म फोनमा गुनासो टिपाउन सकिने दूतावासले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top