दाङको सामुदायिक वनमा फेला परेको ‘मोर्टार बम’ नेपाली सेनाद्वारा डिस्पोज

१५ बैशाख ७७, सोमबार

१५ वैशाख, दाङ ।
दाङको एउटा सामुदायिक वनमा फेला परेको ‘मोर्टार बम’ नेपाली नेपाली सेनाले डिस्पोज गरेको छ ।

Advertisement

देउखुरीको राप्ती गाउँपालिका–१ मा रहेको रामजहरी सामुदायिक वनमा फेला परेको बम घोराहीबाट गएको सेनाले डिस्पोज गरेको हो । टुइञ्च मोर्टारमा लाग्ने (यूएसओ)बम आइतबार दिउँसो घोराहीको रिपुमर्दन गणको टोलीले डिस्पोज गरेको दाङ जिल्ला प्रहरी प्रव सुमित खड्काले जानकारी दिए।

मेलापातका लागि जंगल गएका स्थानीय महिलाहरुले बमजस्तो वस्तु देखेपछि इलाका प्रहरी कार्यालय भालुवाङलाई खबर गरेका थिए । प्रहरी घटनास्थल पुगेर हेर्दा विस्फोट नभएको बम देखेपछि घोराहीबाट डिस्पोजका लागि नेपाली सेनालाई बोलाएको थियो ।

Advertisement

नेपाली सेनाको बम डिस्पोज टोलीले बम डिस्पोज गरेको डिएसपी खड्काले जानकारी दिए। बम लगभग जीर्ण अवस्थामा फेला परेको हुँदा तत्कालीन युद्धका क्रममा छोडिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top