दाहाल र श्रेष्ठलाई षष्टिका बस्नेत सूचना अधिकार पुरस्कार

विराटनगर, चैत १६
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाललाई षस्टिका बस्नेत सूचनाको अधिकार पुरुस्कार प्रदान गरिएको छ । षष्टिका बस्नेत सूचनाको अधिकारबाट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाललाई सम्मान गरिएको हो ।

 

नेपाल पत्रकार महासंघको ६३ औं स्थापना दिवस पारेर पत्रकार महासंघ मोरङ शाखाले ५१ हजार रुपैया रासीको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार दाहाललाई प्रदान गरेको हो ।

विराटनगरमा आज एक कार्यक्रमको आयोजना गरी कार्यक्रमका प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र राष्ट्रिय सूचना आयोगकी आयुतm योशदादेवी तिम्सिनाले महासंघका पूर्व अध्यक्ष दाहाललाई सो पुरस्कार संयुतm रुपमा प्रदान गरेका थिए ।

यस्तै कार्यक्रममा षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहान पुरस्कारबाट राजु श्रेष्ठलाई प्रदान गरिएको छ । पुरस्कारको राशी ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहान पुरस्कार यसै वर्ष स्थापना गरिएको हो ।

कार्यक्रममा संघीय मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, उद्योग, वन तथा पर्यटन मन्त्री जगदीश कुशियत, आर्थिक तथा योजना विकास मन्त्री इन्द्रबहादुर आङबो, सामाजिक विकास मन्त्री जिवन घिमिरे ,सम्मानित व्यक्ति तारानाथ दाहाल, सूचना आयोगकी आयुक्त यसोदा तिम्सिना लगायतले पत्रकारहरले लोकतन्त्र, प्रजातन्त्र स्थापनाका लागि खेलेको भूमिका चर्चा गर्दैै आउने दिनमा निर्भिक भएर सत्य तथ्य सामाचारमा पत्रकारका कलम अझै ससक्त चल्न सकुन भनेर सुभकामना दिनुभएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.