विराटनगरबाट काठमाडौं गएकाहरु नागढुंगामै होल्ड, विराटनगर नै फर्काउने तयारी

१५ बैशाख, काठमाडौं । विराटनगरबाट काठमाडौं जाँदै गरेका यात्रीहरुलाई प्रहरीले फर्काउने तयारी गरेको छ ।

सोमबार बिहान विराटनगरबाट करिब ८५ जनालाई काठमाडौं पठाइएको विराटनगर महानगरपालिकाले जानकारी दिएको छ।

उनका अनुसार काठमाडौंबाट पढ्नका लागि बसेका, अलपत्र परेकालाई काठमाडौं पठाइएको हो। तर अहिले उनीहरूलाई नागढुंगामै होल्ड गरी राखिएको छ।

Advertisement

उनीहरूलाई फर्काउने तयारी भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले बताए।

’केही बसबाट मानिसहरू ओसारेका रहेछन्,’डिएसपी घनश्याम श्रेष्ठले भने,’उनीहरूले स्थानीय निकायमा छलफल गरी आएका रहेछन्।’ उनका अनुसार ती व्यक्तिहरूलाई विराटनगर नै फर्काउन लागेका हुन्।

Advertisement

’हामीले कसैलाई पनि काठमाडौं छिर्न दिएका छैनौं,’उनले भने,’उनीहरूलाई फर्काउने तयारी थालेका छौं।’

उनीहरूको विवरण टिपेर फर्काउने तयारी गरेको हो। उनीहरूले स्थानीय निकायसँग छलफल गरी आएको बुझिएको छ । ती मानिसहरूलाई नागढुंगामै झारेर बस फिर्ता भएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top