ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

१४ बैशाख ७७, सोमबार

१५ बैशाख, विराटनगर । ताप्लेजुङको श्रीजंगागाउँपालिका २ मा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

सोमबार बिहान खादिम्बे तर्फ खाद्यान्न लिन जाँदै गरेको जनमेजय निर्माण सेवाप्रा.लि.को प्रदेश एक ०१००१ त ८२४८ नम्बरको ट्याक्टर आफै अनियन्त्रितभई सडक देखि अन्दाजी सय मिटर तलझरी दुर्घटना हुँदा ट्याक्टर चालक पाँचथरको हिलिहाङ गाउँपालिका ठेगाना भएका २२ बर्षीय निर्मल लामिछानेको घटनास्थलमा नै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

दुर्घटनामा परी ट्याक्टरका सह चालक स्थानीय १९ बर्षीय रुद्र पौडेल घाईते भई उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ पठाईएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top