संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्धारा सय दिने कार्यक्रम सार्वजनिक

१७ चैत ७४, शनिबार
Share this
768shares

काठमाडौं, चैत १७
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सय दिने कार्यक्रम सार्वजनिक गरेको छ । मन्त्रालयले पर्यटन बोर्डमा कार्यक्रम गरि सरकार गठन भएको १ सय दिन भित्र सम्पादित हुने प्रमुख कार्यहरु सार्वजनिक गरेको हो ।

Advertisement

 

मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार, राष्ट्रिय गौरबका आयोजनाहरुको प्रभावकारी कार्यान्वयन, भूकम्पबाट क्षतिग्रस्त प्रमुख सम्पदाहरुको पुनर्निर्माण, नीतिगत तथा कानूनी सुधार र कार्य पद्धतिमा सुधार लगायत कार्यहरु सम्पन्न गर्ने गरि कामको प्राथमिकता निर्धारण गरेको छ ।

Advertisement

ऐतिहासिक महत्वको रानीपोखरीको पुनर्निमाणमा देखिएको विवाद समाधान गरि पोखरी भित्र रहेको यमलेश्वर मन्दिरको पुर्ननिर्माण सय दिन भित्र सम्पन्न गर्ने योजना पनि मन्त्रालयले अघि सारेको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलामा देखिएको विमान उड्ने र अवतरणमा देखिएको समस्या न्यूनिकरणका लागि आवश्यक व्यवस्था मिलाई कम्तिमा दैनिक २१ घण्टा संञ्चालन गर्ने लगायत विषयलाई मन्त्रालयले प्राथमिकतामा राखेको छ ।

Advertisement

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले मन्त्रालयभित्र व्यापक छलफल पछि सार्वजनिक गरिएकाले सबै कार्यक्रमहरु सय दिन भित्र सम्पन्न हुनेमा आफु विश्वस्त रहेको बताए ।

सय दिन भित्र दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको मोडालिटी तय गर्नुको साथै सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको कोरियन कम्पनी संगको दायित्व व्यवस्थापन गर्ने योजना मन्त्रालयले अघि सारेको छ । १८ वटा मुलभुत विषयलाई मन्त्रालयले एक सय दिन भित्र सम्पन्न गर्ने कार्ययोजनामा समावेश गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top