सप्तरीमा दुई साता अघि भएको एक युवाको हत्यामा संलग्न तीन जना पक्राउ

१७ बैशाख, सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर–१ भारदह स्थित पश्चिमी कोशी तटबन्धमा दुई साता अघि एक युवाको हत्यामा संलग्न तीन जना पक्राउ परेका छन् ।

Advertisement

१९ वर्षिय युवा सुरज कुमार साहको चैत्र ३० गते हत्या भएको थियो । मृतकको मुख तथा शरिरमा गम्भीर चोट रहेको तथा घटनास्थलमा रगतका छिट्टा समेत देखिएको थियो । उक्त हत्याको विषयमा जिल्ला प्रहरी कार्यालय सप्तरीले थप अनुसन्धान थालेको थियो ।

उक्त हत्यामा संलग्न अभियुक्तहरु सुजित कुमार मुखिया, प्याँप्याँ भनिने कृष्ण कुमार मुखिया र टिल्का भनिने चन्द्रशेखर मण्डल मृतक साहकै छिमेकीहरु रहेको प्रहरीले जनाएको छ । लागुऔषध सेवन गरी चोरी गर्न जाने योजनाका क्रममा सुजित कुमार मुखियाले सुरज साहको साथमा भएको ताल्चा काट्ने कट्टरले जिस्किएर सुरज साहको टाउकोमा हानेपछि सुरज बेहोस भएर ढलेको अनुसन्धानबाट खुलेको छ ।

Advertisement

तीनै जना मिलेर प्लास्टिकको बोरामा रहेको लेसले सुरज साहको घाँटीमा बाँधी तान्दै गर्दा लात्ती र कट्टर समेतले प्रहार गरी बेहोस बनाएका थिए । शवलाई सोही प्लास्टिकको बोरामा हाली भलुवातर्फ जाने कोशी बाँधको छेउमा लगेर फलामको खुकुरीले टाउकोमा पुनः तीन–तीन पटक प्रहार गरी निजलाई रगताम्मे बनाई बाटो छेउकै झाडीमा फालेर भागेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

Advertisement

ईलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्र सहितको प्रहरी टोलीले हत्यामा संलग्न फरार तीनै जनालाई पक्राउ गर्नुको साथै हत्यामा प्रयोग भएको फलाम काट्ने कट्टर, खुकुरी र बोरा सहित बरामद गरिएको हो । तीनै जनालाई सप्तरी जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान कार्य भईरहेको उपरीक्षक भारतीले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top