गौतमलाई प्रधानमन्त्री र नेपाललाई पार्टी अध्यक्ष बनाउने ओलीको प्रस्ताव

१८ बैशाख, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् ।

बुधबार प्रधानमन्‍त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीको राजीनामाको कुरा उठेपछि कोरोना संक्रमण सकिएपछि आफूले राजीनामा दिने र उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका हुन् ।

कुनै ठाउँबाट चुनाव लडाएर वा संविधान संशोधन गरी राष्ट्रिय सभामार्फत पनि गौतमलाई प्रधानमन्त्री बनाउन सकिने प्रस्ताव ओलीले गरेका थिए ।

Advertisement

यस्तै पार्टीमा तीन अध्यक्ष राख्ने र माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेको एक सचिवालय सदस्यले बताए । नेकपामा अहिले ओली र पुष्पकमल दाहाल अध्यक्ष छन् ।

ओलीको यो प्रस्तावलाई अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, नेपाललगायतका नेताले सत्ता लम्बाउने खेलको रुपमा बुझेको आफू निकटका नेताहरुलाई ब्रिफिङ गरेका छन् ।

Advertisement

यद्यपि यसबारे थप निर्णय स्थायी कमिटीको बैठकबाट हुने भएको छ । २० गते बस्ने सचिवालय बैठकले स्थायी कमिटीको बैठक तय गर्ने भएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top