धार्चुलामा रोकिएका एक हजार बढि नेपाली आज घर फर्किदै

१७ बैशाख ७७, बिहीबार

१८ वैशाख, धनगढी ।
भारत पिथौरागढस्थित धार्चुलाका क्वारेन्टाइनमा एक महिनादेखि रहेका नेपाली मजदुरको उद्धार आज भइरहेको छ।

Advertisement

क्वारेन्टाइन अवधि सकिएपनि उद्धार हुन नसकेका नेपालीहरु ल्याउने विषयमा बुधबार दिउँसो बसेको जिल्लास्थित सरोकारवालाको बैठकले बिहीबार बिहान उद्धार गरिने निर्णय गरेको थियो । सीमामा रोकिएका नेपाली ल्याउने विषयमा पटक–पटक छलफल भएपनि एकसातादेखि मिति पक्कापक्की भएको थिएन ।

बुधबार बैतडी, दार्चुला र पिथौरागढका जिल्ला अधिकारीबीच उच्चस्तरीय सहमतिपछि उद्धार सुरु गरिएको हो। उनीहरुलाई आज बिहान देखि उद्धार शुरु गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए।

Advertisement

गत चैत १३ गतेदेखि भारत पिथौरागढका धार्चुलाका पाँच क्वारेन्टाइनमा एक हजार बढि नेपाली एक महिनादेखि बसिरहेका छन्। उनीहरुलाई नेपाल ल्याउनकै लागि भन्दै बैतडी र बझाङका प्रतिनिधि तीन दिन देखि दार्चुला पुगेका छन्। दार्चुलामा क्वारेन्टाइनको तयारी अवस्थामा राखिएका छन्।

उद्धारपछि उनीहरुलाई सम्बन्धित स्थानीय तहमा पठाउन यातायात व्यवसायीलाई तयारी अवस्थामा रहन खबर आएको यातायात व्यवसायीले बताएका छन् । धार्चुलामा रहेका नेपालीलाई दुई वटा नाकाबाट ल्याईदैछ। धार्चुलामा १० जिल्ला नागरिक बसेका छन्।

Advertisement

बैतडी, बझांगका नागरिकलाई दत्तु नाका भएर प्रवेश गराइने छ भने दार्चुला लगायत अन्य जिल्लाकालाई खलंगा नाका भएर प्रवेश दिइने प्रजिज पौडेलले बताए। उनीहरुलाई सीमा क्षेत्रमा चेकजाँच पछि प्रवेश दिइने, उनीहरुको नाम ठेगाना सम्पर्क नम्बर राख्ने र सम्बन्धित स्थानीय तहका क्वारेन्टाइनमा राख्ने गरी पठाउने रणनीति बनाइएको छ।

बैतडी र बझांगकालाई आजै पठाइने छ । सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिको रहोबरमा उनीहरुलाई पठाईने बताइएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले उनीहरुलाई मास्क वितरण गर्ने प्रजिज पौडेलले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top