×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

राहत वितरणको समाचार सङ्कलनका लागि गएका पत्रकार प्रहरी नियन्त्रणमा

१९ बैशाख २०७७

१९ बैशाख, डोटी । राहत वितरणको समाचार सङ्कलनका लागि केआइसिंह गाउँपालिका–४ मा पुगेका पत्रकार लोक कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बुधवार राहत वितरणका क्रममा स्थानीयले वडा कार्यालयमा ताला लगाउन खोजेपछि समाचार सङ्कलन गर्न त्यहाँ पुगेका रेडियो धनगढीका पत्रकार कार्कीलाई प्रहरीले विना कारण नियन्त्रणमा लिएको भन्दै प्रेस सङ्गठन जिल्ला शाखाले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी उक्त घटनाको घोर आपत्ति जनाएको छ।

Advertisement
Advertisement

स्थानीयवासीले वडा कार्यालयमा ताला लगाउन थालेपछि आफुले फोटो खिच्ने क्रममा वडाअध्यक्षले एक्कासी हातपात गरेको पत्रकार कार्कीले बताए।

फोटो खिच्ने क्रममा वडाअध्यक्षले मोबाईल खोस्न थालेपछि मोबाईल नदिदाँ आफुमाथि हातपात गर्नुका साथै प्रहरीले विना कारण नियन्त्रणमा लिएर हिरासतमा राखेको पत्रकार कार्कीले बताए।

प्रेस सङ्गठनका जिल्ला संयोजक कर्ण चन्दद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रहरीले विना कारण नियन्त्रणमा लिई हिरासतमा राखेका पत्रकार कार्कीलाई तत्काल ससम्मान रिहा गर्न माग गरिएको छ।

Advertisement
Advertisement

समाचार सङ्कलन गर्न गएका पत्रकार कार्कीले वडाध्यक्षमाथि कुटपिट गरेको भन्ने आरोप लगाइएको छ। प्रहरीले कार्कीसहित तीन अन्य व्यक्तिलाई वडाध्यक्षमाथि कुटपिट गरेको आरोपमा अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। (रासस)

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top