×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

भारतमा रोकिएका मजदुर घर फर्किए

१९ बैशाख २०७७

१९ बैशाख, दार्चुला ।

कोभिड–१९ ले त्रसित बनाएपछि भारतमा मजदुरी गर्न गएका नेपाली धमाधम स्वदेश फर्कन थालेका छन् । भजनी नगरपालिका–४ कैलालीका दलबहादुर बुढा पनि एक महिना भारतीय क्वारेन्टाइनमा बसेपछि बुधबार स्वेदश फर्किएका छन् । रोजगारी खोज्न भारतका कालापहाडमा गएका बुढासँगै एक महिनादेखि धार्चुला भारतमा क्वारेन्टाइन बसेका सबै नेपाली स्वदेश फर्किएका हुन् ।

Advertisement
Advertisement

चौतीस दिन भारतको क्वारेन्टाइनमा दुःखकष्ट सहेर स्वदेश फर्किएका नेपाली आफ्नो गाउँमा आउन पाएकामा निकै खुशी छन् । ‘ढिलो गरी आफ्नो भूमि आउन पाउँदा पनि भारतमा खेप्नुपरेको कष्ट भुलेका छौँ’, दलबहादुर बुढाले भने, ‘आफ्नै जन्मभूमि र आफ्नो गाउँ फर्किन पाउँदा खुशीको सीमा छैन ।’ उनले भने, ‘सरकारले हाम्रो आवाज सुनिदियो, धेरैधेरै धन्यवाद ।’ ‘आफ्नो भनेको आफ्नै हुन्छ’, बुढा भन्छन्, ‘भारतमा बसेर उनीहरुको गाली खाएर बस्नुभन्दा आफ्नो ठाउँ आएका छौँ यही रमाउँछौं ।’

‘भारतमा रहेका मजदुरहरु स्वदेश आएसँगै आफ्नो गाउँसम्म पु¥याउनुपर्छ’, शुक्लाफाँटा नगरपालिका–१० का मनोज पार्की बताउँछन्, ‘सरकारले उद्धार ग¥यो, अब घरपरिवार भेट्न चाहन्छौं ।’ गत मङ्सिरमा भारतमा मजदुरी गर्न गएका मनोज अब भारतभन्दा आफ्नै भूमिमा काम गर्ने बताउँछन् । अप्ठ्यारो परेको बेला आफ्नै देशको भूमि प्यारो छ । भारतमा गएर गालीगलौज खानु शिवाय केही छैन । एक महिना क्वारेन्टाइन बस्दा भोगेको समस्या भनेर साध्य छैन । उनीहरुकले निरन्तर आफ्नो समस्या सञ्चारमाध्यममा दिएकै कारण सरकारले भारतबाट उद्धार गर्ने निर्णय गरेको हो ।

बिहीबार दार्चुला जिल्लाका दुई नाका दत्तु र खलङ्गा तथा बैतडीको झुलाघाट नाका भएर नेपालीको उद्धार गरिएको छ । सदरमुकाम खलङ्गाको पुलघाँटबाट आएकाहरुलाई महेन्द्र नमूना मावि खलङ्गा र दत्तुमै स्वास्थ्य जाँच गरिएको छ । स्वास्थ्य जाँचपछि अधिकांशलाई घर पठाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

बैतडी, बझाङ र दार्चुलाका विभिन्न स्थानीय तहका व्यक्तिलाई सम्बन्धित स्थानीय तहकै क्वारेन्टाइनमा व्यवस्थापन गर्ने गरी पठाइएको उनले बताए । नेपाल भित्र्याइएका कैलाली कञ्चनपुरलगायत अन्य जिल्लाका नागरिक पनि पठाउने तयारी भइरहेको छ । आफ्ना स्थानीय तहका नागरिक लिन बैतडी र बझाङका जनप्रतिनिधि दार्चुला आएका थिए । धार्चुलाका विभिन्न क्वारेन्टाइनमा राखिएका नेपालीमध्ये बैतडी र बझाङका नागरिकलाई दत्तु नाकाबाट ल्याइएको छ भने दार्चुलालगायत अन्य जिल्लाका नागरिक खलङ्गा नाकाबाट नेपाल भित्र्याएको हो ।

नेपाल भारतमा लकडाउन भएपछि धार्चुलामा पुगेका नेपालीले स्वदेश फर्किन पाउनुपर्ने माग गर्दै तीन दिनसम्म पुल छेउबाटै नाराबाजी गरेका थिए । सयौँ नेपाली महाकाली तरेरसमेत नेपाल फर्किएका थिए । नेपाल भित्रिन नसकेका मजदुरलाई उच्चस्तरीय सहमतिपछि नेपाल प्रवेश गराइएको हो । दत्तु र खलङ्गा नाका भएर अपराह्नसम्म एक हजार २९० नेपाली स्वेदश फर्किएका छन् । ढिलै भए पनि सफलरूपमा नेपाल प्रवेश गराएर सम्बन्धित तहमा पठाउन सकिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल खुशी व्यक्त गर्छन् । उनी भन्छन्, ‘लामो समयदेखि उद्धारको माग गर्दै आएका नेपाली मजदुरलाई उद्धार गर्न सकियो । लामो समयसम्म माथिबाट आदेश नआउँदा ढिलाइ भए पनि अहिले आएर उनीहरुको स्वास्थ्य जाँच गरेर पठाएका छौं ।’

उद्धारपछि नेपालको मात्र होइन, भारतीय प्रशासनसमेत खुशी छ । भारत धार्चुलाका एसडीएम अनिल शुक्लाले एक महिनासम्म नेपालीको स्वास्थ्य जाँच गरी सुरक्षित राखिएको बताए । एसडीएम शुक्लाले भने, ‘सबै नेपाली स्वस्थ्य छन्, चिन्ता मान्नुपर्ने अवस्था छैन ।’ उनले नेपालीलाई धार्चुलामा, खान, बस्न, मनोरञ्जन खेल्न तथा योगको माध्यमबाट खुशसी राखिएको प्रतिक्रिया दिए । भारतको पिथौरागढअन्तर्गत धार्चुलामा दार्चुला, बैतडी, डडेल्धुरा, बझाङ, डोटी, कैलाली, कञ्चनपुर, अछाम, दैलेख, सुर्खेतलगायतका जिल्लाका मजदुर थिए ।

तेह्र सयको उद्धार

दार्चुलामा लकडाउनका कारण धार्चुलामा अलपत्र परेका एक हजार २९० को उद्धार गरिएको छ । सदरमुकाम खलङ्गा र दत्तुनाका भएर वैशाख १८ गते नेपालीको उद्धार गरिएको हो । जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार सदरमुकाम खलङ्गा नाका भएर ३७६ र दत्तुनाका भएर ९१४ को उद्धार गरिएको छ । एक महिनादेखि लकडाउनका कारण धार्चुलाका पाँच क्वारेन्टाइनमा बसेका र होमक्वारेन्टाइनमा रहेका दार्चुलासहित १२ जिल्लाका नागरिकको उद्धार गरिएको छ ।

Advertisement

प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले दिएको जानकारीअनुसार दार्चुलाका ३११, बैतडीका ४७४, बझाङका २८३, अछामका ५०, कैलालीका १०२, डोटीका दुई, डडेल्धुराका २१ र कञ्चनपुरका २१ जना रहेका छन् । यस्तै दैलेखका दुई, सुर्खेतका तीन, हुम्लाका एक र कालीकोटका तीन जना छन् । उद्धार गरिएका दार्चुलाका अधिकांश स्थानीय तह र बैतडी बझाङका केहि व्यक्तिलाई सम्बन्धित स्थानीय तहमा पठाइएको छ । –नरेन्द्रसिंह कार्की /रासस

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top