विराटनगरमा स्वास्थ्य बिमा सम्बन्धी अन्तक्रिया

विराटनगर, चैत १८
प्रदेश नम्बर १ अन्तर्गत स्वास्थ्य बिमा लागू भएका जिल्लाका प्रदेश सभा सदस्यहरुसँगको स्वास्थ्य बिमा सम्बन्धी अन्तक्रिया कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ ।

 

नेपाल सरकार स्वास्थ्य बिमा बोर्ड काठमाडौंको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य बिमा बोर्डका निर्देशक डाक्टर गुणराज लोहनीले स्वास्थ्य सेवाको पहुच र उपयोगमा सुधार ल्याई स्वास्थ्य बिमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्य रहेको जानकारी दिए ।

आर्थिक बर्ष २०७२÷०७३ मा कैलाली ,बाग्लुङ र इलामबाट सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रम अहिले ३१ जिल्लामा लागू भएको उनले जानकारी दिए । लोहनीले ५ जना सम्मको परिवारले बार्षिक रुपमा प्रति परिवार २५ सय तिर्नुपर्ने र ५ जनासम्मको परिवारले बार्षिक ५० हजार स्वास्थ्य सेवा पाउने जानकारी दिए ।

वीमामा आकस्मीक सेवा,अन्तरङ, शल्यक्रिया, बहिरङ,ल्याब र औषधिमा सेवा दिइनेछ । अहिले प्रदेश नम्बर १ का इलाम, झापा, सुनसरी,भोजपुर, खोटाङ र सोलुखुम्बुमा स्वास्थ्य सेवा कार्यक्रम लागू भएका छन । कार्यक्रममा प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जिवन घिमिरे तथा प्रदेश सांसदहरुको सहभागिता थियो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top