बोलिभियामा सैन्य विमान दुर्घटना, ४ स्पेनीस नागरिकसहित ६ जनाको मृत्यु

२१ बैशाख ७७, आइतबार
Share this
796shares

२१ बैशाख, एजेन्सी । ल्याटिन अमेरिकी मुलुक बोलिभियामा शनिबार भएको सैन्य विमान दुर्घटनामा चालक दलका दुई सदस्यसहित ४ जना स्पेनी नागरिकको मृत्यु भएको छ।

Advertisement

कोरोना भाइरसका कारण अलपत्र परेका ती स्पेनी नागरिकलाई स्वदेश फर्काउनका लागि सो विमानबाट सान्टाक्रुजमा लगिदैं थियो। त्यहाँको वायुसेनाका अनुसार सो विमान ट्रिनिडाडको दक्षिणपूर्वि शहर नजिकै दुर्घटनामा परेको थियो।

कोरोना महामारीको रोकथामका लागि बोलेभियाले आफ्नो अन्तराष्ट्रिय सीमानाका बन्द गरेको छ। बोलेभियन अधिकारीहरूले विमान दुर्घटनाको जाँचका लागि एक समिति गठन गरेको छ। समितिलाई ८ दिनभित्र घटनाको विवरण बुझाउन भनिएको छ।

Advertisement

विमान अपरान्हको समयमा दुर्घटनामा परेको थियो। प्रारम्भिक विवरण अनुसार विमानस्थलबाट उडेको १२ मिनेटमै इञ्जिन फेल भएको भन्दै विमान चालकले आफूहरू ट्रिनिडाड विमानस्थल फर्किन लागेको बताएका थिए। त्यसपछि विमान सम्पर्क्विहिन भएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top