‘हामीले करिब नौ सयजना आउने अनुमान गरेका थियौं,’ बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले भने, ‘तर धेरैजना आएपछि व्यवस्थापनमा समस्या भयो।’
उताबाट आएकालाई सोही दिन सीमानाकामा स्वास्थ्य जाँच गरी सम्बन्धित जिल्ला वा स्थानीय तहमा पठाउने तयारी भए पनि दुई सय ७४ जनालाई दशरथचन्द नगरपालिकाको ज्ञानेश्वर माविमा एक रात राख्नुप¥यो। उनीहरुले त्यो रात खाना खान पनि पाएनन्। चिउराकै भरमा रात कटाए।

भारतीय प्रशासनले दिएको तथ्यांक अनुसार गाडीको व्यवस्था गरिएको थियो। तर अनुमान गरेभन्दा बढी भित्रिएपछि व्यवस्थापनको मात्र होइन कोरोना संक्रमणको पनि जोखिम बढेको छ। उताबाट आएकालाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न भनिए पनि सबै बसेका छैनन्। यो समाचार आजको नागरिक दैनिकमा बिरा गडाल र प्रेम चुनाराले लेखेका छन् ।



