वडाध्यक्षको मृत्यु प्रकरणमा जोडिएका योक्पाङदेन पक्राउ

१७ चैत ७४, आइतबार

पाँचथर, चैत १८
पाँचथरको हिहिलहाङ गाँउपालिका वडा नम्बर ७ का अध्यक्ष तिर्थराज तिम्सिनाको मृत्यु प्रकरणमा जोडिएका भीम योक्पाङदेन र उनका छोरा सुवाष योक्पाङदेनलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

 

उनीहरुमाथि गत चैत ११ गते हिलिहाङ ७ स्थित मोटरवाटोको अनुगमनका क्रममा वडाध्यक्ष तिम्सिनालाई हातपात गरेको आरोप लागेको थियो ।

Advertisement

स्कावेटर लगाएर सडक निर्माण गर्दा योक्पाङदेनद्वयको घरमा लगेको विजुलीको तार चुँडाएको विषयलाई लिएर आफुमाथि कुटपिट भएको भन्दै तिम्सिनाले चैत १५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको पाँचथरका प्रहरी प्रमूख बामदेब गौतमले वताए ।

उनले केहि सार्वजनिक अपराध ऐन अन्तरगत जिल्ला प्रहरी कार्यालय पाँचथरमा मुद्धा दर्ता गराउनु भएको प्रहरीको भनाई छ । सुगर र उच्च रक्तचापका विरामी ६४ वर्षीय तिम्सिनालाई कुटपिट पश्चात शारिरिक र मानसिक रुपमा कमजोर भएपछि उपचारका लागि झापा ल्याउदै गर्दा इलामको नेपालटारमा उनको निधन भएको थियो ।

Advertisement

तिम्सिनाको मृत्यू पश्चात उनकी धर्मपत्नीले कुटपिटमा संलग्न भनिएका योक्पाङदेनद्वय बिरुद्ध नै कर्तव्य ज्यान मुद्धा दर्ता गराएकी थिइन् । तिम्सिना नेकपा एमालेका तर्फवाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top