दुई दिनमा दश लाख व्यक्तिले भ्रमण गरे चीनकाे सांघाइ शहर

दुई दिनमा दश लाख व्यक्तिले भ्रमण गरे चीनकाे सांघाइ शहर

२१ बैशाख,काठमाडौं ।
पछिल्लो दुई दिनमा करिब दश लाख व्यक्तिले चीनको सांघाइ शहरको भ्रमण गरेका छन् । चिनियाँ समाचार संस्था सिन्हवाका अनुसार मई दिवसको अवसर पारेर शुक्रबार र शनिबार गरी दशलाख व्यक्तिले सांघाइ शहरको भ्रमण गरेका हुन् ।

शुक्रबार चार लाख ५६ हजार र शनिबार छ लाख ३३ हजारले से सहरको भ्रमण गरेको जनाईएको छ । सीएनएनका अनुसार भ्रमणकारीले सांघाइको १३० पर्यटकीय स्थलको अवलोकन गरेका छन् ।

सांघाईस्थित संस्कृति र पर्यटन विभागले प्रमुख पर्यटकीय स्थलहरुको भ्रमण खुला गरेपछि भ्रमणकारीको संख्यामा उल्लेख्य वृद्धि भएको हो । कोरोनाभाइरसको संक्रमणको उद्गमस्थल चीनमा पछिल्लो तीन महिना यता विभिन्न शहरहरु आंशिक रुपमा मात्रै खुला रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.