दाइजो न्यूनिकरण गर्न राजवंशी युवा–युवतीको अग्रसरता

१८ चैत ७४, आइतबार
Share this
720shares

विराटनगर, चैत १८
राजवंशी समुदायमा ब्याप्त दाइजो न्यूनिकरण गर्न युवा–युवतीले अग्रसरता लिनुपर्ने मोरङको कटहरीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन ।

Advertisement

 

विराट राजवंशी युवा समितिले मोरङको कटहरी सितपुरमा आयोजना गरेको दाइजो प्रथा न्यूनिकरण अभियान कार्यक्रममा बोल्ने वक्ताहरुले दाइजोका कारण समाज जर्जर हुंदै गएकाले युवायुवतीले अग्रसरता लिनुपर्ने बताएका थिए ।

Advertisement

आयोजक संस्थाका अत्यानन्त राजवंशीले दाइजोका कारण समाज उँधोगतितर्फ गएको बताए । उनले दाईजो लिनु महापाप रहेको बताउदै युवायुवतीले बिशेष सक्रियता लिनुपर्ने बताए ।

आयोजक संस्थाका अध्यक्ष कुशेश्वर राजवंशी र कटहरी गांउपालिका वडा नम्बर ६ का सचिव टेकनाथ घिमिरेले दाईजो लिनेदिने प्रथाका कारण राजवंशी समुदायमा छोरी जन्मिदा दुख मनाउ गर्नुपर्ने अवस्था सृजना भएको बताए । दाइजो न्युनिकरण सम्बन्धि सचेतना दिन कार्यक्रममा स्थानीय भाषामा गीत र नृत्य समेत प्रस्तुत गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top