×

NEPAL TIMES UPDATES

Playing
मधेसको मसिहा बन्न खोज्दै गगन, सुनाए १०० रुपैयाँमाथिको करको पीडा || Nepal Times
Apr 30, 2026
Playing
World News: ५० करोड डलरको इरानी क्रिप्टो जफत,नाकाबन्दी लम्ब्याउने, अमेरिकी पासपोर्टमा ट्रम्पको फोटो
Apr 30, 2026
Playing
चीनमा रोबोट कुकुरप्रति बढ्दो आकर्षण|| Nepal Times
Apr 30, 2026
Playing
नयाँ खतर नाक हतियार प्रयोग गर्ने इरानी धम्कीले ट्रम्प–नेतन्याहू तना वमा || Nepal Times
Apr 30, 2026
Playing
Top 15 Afternoon News || April-30-2026 || Nepal Times
Apr 30, 2026
Playing
रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने|| Nepal Times
Apr 30, 2026
Playing
गगनले यसरी लिए सिटौलासँग बदला, पूर्णबहादुरले भने अशुभ ! || Nepal Times
Apr 30, 2026
Playing
नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि || Nepal Times
Apr 30, 2026
Playing
आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी|| Nepal Times
Apr 30, 2026
Playing
Americaविरुद्ध Iranको उजु री, नाकाबन्दीले नै Iranलाई वार्तामा ल्याउने Trumpको निष्कर्ष|| Nepal Times
Apr 30, 2026

कुवेतले तीन हजार बढी नेपालीलाई फिर्ता पठाउने भएपछि नेपाल सरकार अन्यौलमा

२२ बैशाख २०७७

२२ बैशाख, काठमाडौं । वैदेशिक रोजगारीमा कुवेत पुगेका करिब तीन हजार बढी नेपालीलाई ‘हार्दिकता पूर्वक’ कुवेत सरकारले फिर्ता पठाउने भएपछि नेपाल सरकार अन्यौलमा परेको छ ।

कुवेत सरकारले गत अप्रिल १ देखि नै त्यहाँका आप्रवासी कामदारलाई घर फिर्तीका लागि आममाफी (एम्नेष्टी)को ‘आकर्षक प्याकेज’ घोषणा गरेको थियो। त्यसमा नेपालको पालो २६ अप्रिल देखि ३० सम्म राखेको थियो। तीन हजार भन्दा बढी नेपालीले आवेदन दिएको दूतावास अधिकारीले जानकारी दिए।

Advertisement
Advertisement

साउदी अरेबियाले पनि कोभिड अघि घोषणा गरेको एम्नेष्टी खोल्न सक्नेछ भने त्यस्तै एमनेस्टी यूएईले पनि गर्न सक्ने दूतावास अधिकारीले परराष्ट्र मन्त्रालयलाई जानकारी गराएका छन्। यता मलेसियाले पनि फर्कनेका लागि आइतबार सूचना जारी गरिसकेको छ। साउदी, कतार, युएई, मलेसिया, कुवेत अधिक नेपाली कामदार रहेको मुलुकमा पर्छन्। एमनेस्टी बाहेक नियमित आउन नपाएर बसेका नेपाली पनि खाडी मुलुकबाट लकडाउन खुल्ने वित्तिकै आउन सक्नेछन्।

फर्कन सक्ने नेपालीको विषयमा परराष्ट्र मन्त्रालयले अध्ययन प्रतिवेदन नै बनाइरहेको छ। ‘यसरी नेपाली फर्कने अवस्थालाई कसरी सम्बोधन गर्ने भनेर हामी अन्तर मन्त्रालय छलफलमा छौं। दूतावासहरूबाट प्रतिवेदन माग गरी तयारी अघि बढाइएको छ’, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘कुनै मुलुकले बिना भिसा रहेका नेपालीलाई फिर्ता गर्छु वा ल्याइदिन्छु भन्दा नाई भन्न सक्ने अवस्था रहन्न। यसैले फर्कनेलाई कहाँ ब्यवस्थापन गर्नेभन्ने विषयमा छलफल भइरहेको छ।’

कूवेतले नेपालसम्म नै ल्याइदिने हुनाले उनीहरूलाई काठमाडौंमै राख्ने वा प्रदेश÷स्थानीय तह कहाँ राख्ने विषयमा पनि छलफल भइरहेको उनले बताए । आइतबार मात्रै पनि मन्त्रालयगत छलफल भएको र यही मोडलमा जाने भन्ने टुंगो लागि नसकेको परराष्ट्रमन्त्री ज्ञवालीले बताए।

कोभिड(१९ नियन्त्रण उच्चस्तरीय समितिमा समेत यो विषयमा छलफल भइरहेको परराष्ट्र अधिकारीले जानकारी दिए। नियमित फर्कने बाहेक अन्यलाई पनि आर्कषक प्याकेज दिएर फर्काउन थाले के गर्ने भन्दै त्यसमा छलफल भइरहेको छ।

कुवेतले अवैध (बिना भिसा) कार्यरत नेपालीलाई आफ्नै उडानमा नेपाल ल्याइदिने जानकारी दूतावासलाई दिइसकेको छ। त्यसका लागि ४५ दिन समय रहेको भनिएको छ।

‘२५ देखि २७ सय नेपाली फर्कन सक्ने आकलन हाम्रो छ। भिसा सकिएर पनि काम गरिरहेका र एउटा कम्पनीमा काम गर्न भनेर गएका तर पछि अर्को कम्पनी सरेका कारण अवैध भएकालाई फिर्ता पठाउने नीति लिएको हो’, कुवेतका लागि नेपाली राजदूत दुर्गा भण्डारीले भने, ‘लकडाउनमा यति धेरै नेपालीलाई फर्काउन सहज छैन। परराष्ट्र मन्त्रालयसँग यो विषयमा के गर्ने भनेर छलफल भइरहेको छ। यद्यपी, हामीलाई अरु ४५ दिन समय छ।’

सबै मुलुकको सकिएपछि हाम्रो पालो रहेकाले नेपालीप्रतिको सदभावकै रूपमा लिइएको पनि राजदूतले बताए।

अवैध आप्रवासी उक्त एमनेष्टीमार्फत फर्केमा उनीहरूले भविष्यमा पुनः कुवेतमा रोजगारीका लागि जान पाउने अधिकार सुरक्षित रहन्छ। फर्कनु अघिसम्म कुवेत सरकारले पाल्ने र घर फिर्ता पनि उसैले गरिदिने भएपछि अधिकांश अवैध आप्रवासी कुवेत सरकारको प्याकेजमा सहभागी भएका हुन।

फर्कन चाहने नेपालीलगायतका कामदारलाई उनीहरूकै शिविरमा राखिएको छ। अवैध कामदारलाई फिर्ता पठाउने नीतिमा उनीहरूले सोचे अनुरूपमा नेपालीको आवदेन नपरेको एक अधिकारीले जानकारी दिए।

कुवेत सरकारको जानकारीमा सात हजार भन्दा बढी अवैध तरिकाले बसिरहेका छन्। तर, तीन हजार भन्दा बढी नेपालीको मात्र आवेदन परेको छ।

एमनेस्टी आवेदनको पाँच दिनमा २५ सय नेपालीले दूतावासबाट ट्राभल डकुमेन्ट नै लगेका थिए। धेरैसँग भिसा सकिएको पासपोर्ट थियो। त्यही पासपोर्टमार्फत पनि आवेदन दिएका छन्। भिसाको म्याद सकिएर पनि काम गरेका र कामदार कम्पनी छाडेर अर्कोमा गएर अवैध भएका बहेका अन्य कानुनी झमेलामा परेकालाई फर्काउँदैन। ‘आवेदन र फर्कनेको ठ्याक्कै संख्या भने बुधबार(बिहीबारमात्र दूतावासलाई त्यहाँको सरकारले जानकारी दिनेछ’, राजदूत भण्डारीले भने।

Advertisement

कुवेत सरकारले नेपालीलाई फिर्ता गर्नेछ। फर्कने नेपालीलाई १४ दिन क्वारेन्टाइनमा राख्ने विषय गम्भीर छन्। कुवेतको प्याकेजपछि फिलिपिन्सले आफ्ना कामदारलाई फिर्ता लगिसकेको छ। इजिप्ट, भारत, बंगलादेश र पाकिस्तान पछि बल्ला नेपाल परेको छ। कुवेतमा पनि कोरोना संक्रमण बढ्दो छ। आइतबार दिउँसो सम्मको जानकारीमा ८० नेपालीमा कोरोना संक्रमण छ। खाडी मुलुक र मलेसियामा गरी १५ लाख बढी नेपाली कार्यरत छन्। अन्नपूर्ण पोष्टबाट साभार ।

भर्खरको समाचार

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

682708147_966401619313189_6197832107574502867_n

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

गगनले सिटौंलासँग किन लिए यति ठूलो बदला ?

gagan and sitaula

नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि

nepal airlines

अध्यादेशले राष्ट्रपति अप्ठेरोमा, आज संविधानविद्हरूसँग परामर्श गर्दै

Screenshot 2026-04-30 124606

दुई युद्ध चलिरहँदा ट्रम्प र पुटिनबीच कुराकानी, एजेन्डा के थियो ?

Trump G20, Hamburg, Germany - 07 Jul 2017

आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी

mausam-2075-12-18-768x388

सबै राजनीतिक नियुक्ति खारेज गरिँदै, ६ अध्यादेशमा जनताको सेवा

balen sarkar

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सम्बन्धित खबरहरु

Scroll to Top