×

NEPAL TIMES UPDATES

Playing
मोरङ सुनसरी र झापामा बर्डफ्लू भयावह, विराटनगरमा पनि पुष्टि || Nepal Times
Mar 24, 2026
Playing
वार्ता हुनेमा अरब मुलुकको आशंका, इरानमा किन प्रत्याक्रमण गरेनन् ?|| Nepal Times
Mar 24, 2026
Playing
प्रतिवेदन सार्वजनिक नगरी विदा हुँदैछ सुशीला सरकार? || Nepal Times
Mar 24, 2026
Playing
गगनको गाडी रुक्दैन, रास्वपालाई बधाई,देउवाको घरमा भेटिएको पैसाको अनुसन्धान गर्न माग|| Nepal Times
Mar 24, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-10-2082 || Nepal Times
Mar 24, 2026
Playing
इन्धन जोहो गर्न नेपालमा जोरबिजोर, ग्यास भरिएकै सिलिण्डर|| Nepal Times
Mar 24, 2026
Playing
अमेरिकाविरुद्ध चीनको पनडुब्बी युद्धको तयारी|| Nepal Times
Mar 24, 2026
Playing
Trumpको यूटर्न मायाजाल ! IRGC लाई फसाएर खाडीमा सेटिंग|| Nepal Times
Mar 24, 2026
Playing
“सीमा मिचिँदै गयो भने नेपाल नै हराउन सक्छ” — बुद्धिनारायण श्रेष्ठको चेता*वनी|| Nepal Times
Mar 24, 2026
Playing
ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’ग्रेटर नेपाल’ सम्म|| Nepal Times
Mar 24, 2026

बजेट छलफलमा जुटे उद्योगी र अर्थविद्, कसले के भने ?

२२ बैशाख २०७७

२२ बैशाख,काठमाडौँ ।
उद्योगी व्यवसायी एवं अर्थविदहरुले अर्थतन्त्रको पुनरुत्थान र जनस्वास्थ्यमा जोड दिनेगरी बजेट आउनुपर्ने बताएका छन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गत राष्ट्रिय सभाको सोमबारको बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको पुनरुत्थानका लागि औद्योगिक वातावरण निर्माण गर्ने र जनस्वास्थ्यको क्षेत्रमा लगानी बढाउने गरी बजेट आउनुपर्ने बताएका हुन ।

कोरोना भाइरसको नियन्त्रणका लागि लकडाउन भएपछि उद्योग प्रतिस्ठानहरु पूर्णरुपमा बन्द भएको र रोजगारीको अवसरहरु गुमेको अवस्थामा सरकारले बजेट मार्फत संरक्षण गर्नुपर्ने नीति लिनुपर्ने सुझाव गोल्छाले दिए । उनले औद्योगिक वातावरण निर्माण गर्नका लागि विद्युत महसुलमा २० प्रतिशत छुट दिनुपर्ने, बैंकको ब्याजदर हालको कायम भएको भन्दा ५ प्रतिशतले कम हुनुपर्ने, मूल्य अभिवृद्धि करलाई १३ प्रतिशतबाट १० प्रतिशतमा झार्नुपर्ने र व्यक्तिगत आयकर तथा संस्थागत आयकरको दरलाई २० प्रतिशतले घटाए मात्र अर्थतन्त्र थप चलायमान हुन सक्ने बताए । यस्तै कोरोना भाइरसका कारण वैदेशिक रोजगारीमा जानेहरु फर्किने र रेमिट्यान्समा कमि आउँदा विदेशी मुद्रा संचितिमा चाप पर्ने भएकाले त्यसलाई कम गर्न निर्यात जन्य वस्तु उत्पादन गर्ने उद्योगहरुलाई विशेष प्राथमिकता दिनुपर्ने बताए । उनले भारत निकासिमा ५ प्रतिशत र तेस्रो मुलुक निकासीमा १० प्रतिशत नगद अनुदान सरकारले दिनुपर्ने माग आफुहरुको रहेको बताए ।

Advertisement

अर्थविदहरुले पनि कोरोना भाइरसको रोकथामका लागि अवलम्बन गरिएको व्यवस्थाबाट अर्थतन्त्रमा गम्भिर असर पारेको र अर्थतन्त्रलाई उकास्नका लागि नियमित भन्दा फरक प्रकृतिको बजेट हुनुपर्ने बताएका छन् । बजेटले आन्तरिक उत्पादन, रोजगारी, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा जोड दिनुपर्ने अर्थविदहरुले सुझाव दिएका छन् । अर्थविद डा. गोविन्दबहादुुर थापाले रोजगारी सिर्जना गर्नका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिनुपर्ने बताए । त्यसका लागि कृषि क्षेत्रमा सबैभन्दा धेरै बजेट विनियोजन हुनु पर्ने र सरकारको खर्चमा व्यापक कटौति गर्नुपर्ने बताए ।

अर्थविद् पुस्कर बज्राचार्यले रोजगारीको विकासका लागि उत्पादन बढाउनु पर्ने र अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने उद्योगहरुलाई प्राथमिकता दिनुपर्ने बताए । उनले उद्योग व्यवसायको संरक्षण भएमात्र रोजगारी बढ्न सक्ने भएकाले कोरोना भाइरसको प्रभावमा परी बन्द हुने अवस्थामा पुगेका उद्योग व्यवसाय एवं पर्यटन क्षेत्रका लागि बैंक र सरकार दुवैले सहुलियत दिनुपर्ने बताए । दुई महिना लकडाउन भए ६ महिनाका लागि र ४ महिना लकडाउन भए १० महिनाका लागि ब्याज छुट एवं किस्ता तिर्न समय थप गर्नु उचित हुने र यसको व्यवस्था बजेट मार्फत नै गरिनुपर्ने उनले बताए ।

Advertisement

अर्थविद डा. विजयकुमार पौडेलले कोरोना भाइरसको महामारिबाट सिर्जित अर्थतन्त्रलाई बचाउन कृषिमा लगानी बढाउनु नै पहिलो उपाय भएको बताए । उनले बजेट मार्फत दलाल पूँजीलाई राष्ट्रिय पूँजीमा रुपान्तरण गर्ने उपायको खोजी हुनुपर्ने, सहज रुपमा वैदेशिक लगानी भित्र्याउनु पर्ने र स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा अधिकतम सीमासम्म बजेट विनियोजन गर्नुपर्ने बताए ।

भर्खरको समाचार

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

इरानलाई अल्टिमेटम दिएका ट्रम्प किन एकाएक वार्तामा फर्किए?

trump khameni missiel

रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन

Balen-Rabi at KTm Valley_NPL (10)

अमेरिकासँग इरानको वार्ता भएकै छैन्, ट्रम्पको दाबी अफवाह!

trump

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

सम्बन्धित खबरहरु

Scroll to Top