एम्बुलेन्स र मोटरसाइकल एकआपसमा ठोक्किँदा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु

२२ बैशाख ७७, मंगलबार

२३ बैशाख, कैलाली । कैलालीको गौरीगंगामा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा सशस्त्र प्रहरीका एक सहायक हवल्दारको मृत्यु भएको छ ।

पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत गौरीगंगा नगरपालिका–९ शंकरपुरमा भएको दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ३६ वर्षीय गोरख ऐरको मृत्यु भएको हो।

उनी सशस्त्र प्रहरी बेस क्याम्प पहलमानपुरमा कार्यरत थिए। पश्चिमबाट पूर्व तर्फ गईरहेको से १ च १८२८ नम्वरको ओमसाई अस्पतालको एम्बुलेन्स र पूर्वबाट पश्चिम तर्फ आईरहेको म २ प ५३०३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो।

दुर्घटनामा परेर मोटरसाइकल चालक घोडाघोडी नगरपालिका– १० का २८ वर्षीय भरत बोहरा घाइते भएका छन्।

दिउँसो साढे १२ बजेतिर भएको दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि घोडाघोडी अस्पतालमा ल्याएपछि मृत्यु भएको कैलालीका प्रहरी प्रवक्ता डिएसपी दक्ष कुमार बस्नेतले बताए।

एम्बुलेन्स चालक धनगढी उपमहानगरपालिका–१० का आशाराम चौधरीलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको बस्नेतले बताए।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top