×

NEPAL TIMES UPDATES

Playing
वार्ता हुनेमा अरब मुलुकको आशंका, इरानमा किन प्रत्याक्रमण गरेनन् ?|| Nepal Times
Mar 24, 2026
Playing
प्रतिवेदन सार्वजनिक नगरी विदा हुँदैछ सुशीला सरकार? || Nepal Times
Mar 24, 2026
Playing
गगनको गाडी रुक्दैन, रास्वपालाई बधाई,देउवाको घरमा भेटिएको पैसाको अनुसन्धान गर्न माग|| Nepal Times
Mar 24, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-10-2082 || Nepal Times
Mar 24, 2026
Playing
इन्धन जोहो गर्न नेपालमा जोरबिजोर, ग्यास भरिएकै सिलिण्डर|| Nepal Times
Mar 24, 2026
Playing
अमेरिकाविरुद्ध चीनको पनडुब्बी युद्धको तयारी|| Nepal Times
Mar 24, 2026
Playing
Trumpको यूटर्न मायाजाल ! IRGC लाई फसाएर खाडीमा सेटिंग|| Nepal Times
Mar 24, 2026
Playing
“सीमा मिचिँदै गयो भने नेपाल नै हराउन सक्छ” — बुद्धिनारायण श्रेष्ठको चेता*वनी|| Nepal Times
Mar 24, 2026
Playing
ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’ग्रेटर नेपाल’ सम्म|| Nepal Times
Mar 24, 2026
Playing
World News: वार्ता भएको छैन, हाम्रो चेतावनीले ट्रम्प ब्याक डाउन भएः इरान|| Nepal Times
Mar 24, 2026

वैदेशिक रोजगारीबाट फर्कनेको व्यवस्थापनमा सरकार जुट्दै

२३ बैशाख २०७७

२३ बैशाख, काठमाडौँ ।
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले वैदेशिक रोजगारीबाट फर्कने श्रमिकहरुको व्यवस्थापनका लागि सरकार गम्भिर रहेको बताए । वैदेशिक रोजगारीमा गएकाहरुमध्ये १० देखि ३० प्रतिशतले रोजगारी गुमाउन सक्ने र त्यसबाट उत्पन्न हुने चुनौतिलाई व्यवस्थापन गर्न सरकारले योजना बनाइराखेको मन्त्री ज्ञवालीले बताए ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा मन्त्री ज्ञवालीले कोरोना भाइरस (कोभिड–१९)को कारण देश भित्रै उत्पन्न हुने बेरोजगारी र बाहिरबाट फर्कनेहरुको व्यवस्थापन चुनौतिपूर्ण भएपनि सरकारले योजनाबद्ध रुपमा काम गर्ने तयारी गरिराखेको बताए । उनले भने ‘कोभिड १९ का असरहरु श्रम बजारमा कति गहिरो पर्ने हो भन्ने कुराको यकिन भन्न सकिदैन् । तर हामी १० देखि ३० प्रतिशतको स्थितिमा हामीले वैदेशिक श्रम बजार गुमाउँछौं । त्यसको एकैचोटी दुई खालको असर पर्छ । एउटा त्यहाँ गएकाहरुले ठूलो संख्यामा रोजगारी गुमाएर आउनुहुन्छ दोस्रो यहाँ प्रति वर्ष तयार हुने झण्डै पाँच लाखको हिसाबले नेपाली श्रम बजारमा आउने युवाशक्ति जसमध्ये साढे ३ लाख ४ लाखको निम्ति सहज गन्तब्य बनेको थियो त्यो पनि साघुरिन्छ । देशभित्र नै बेरोजगारी कायम रहन्छ बाहिरबाट फर्किनेको संख्या झन बढ्छ र यो बेरोजगारीको व्यवस्थापन हाम्रो निम्ति आउँदो दिनहरुमा असाध्यै ठूलो चुनौतिको रुपमा रहने कुरा सरकारले गम्भिरतापूर्वक लिएको छ । त्यसका निम्ति विभिन्न खालका योजनाहरुको तयार पनि गरिराखेका छौं ।’

Advertisement

कोभिड १९ बाट सिर्जना भएको समस्याका लागि विदेशमा रहेका नेपाली दुतावासहरु नियमित जानकारी लिने र सम्बन्धित सरकारसँग पनि पहल भइराखेको मन्त्री ज्ञवालीले बताए । उनले खाडी देशहरुमा बढ्दै गएको कोरोना संक्रमणबाट नेपालीहरुलाई समस्या परेको सम्बन्धमा दुतावासमा निरन्तर सम्पर्क गरी समस्याको समाधान गर्ने र आर्थिक समस्यामा पर्नेहरुका लागि राहतको व्यवस्था गर्ने काम भइराखेको बताए । यस्तै सबै मुलुकमा प्रधानमन्त्री स्तरबाट र मन्त्रालय स्तरबाट समेत पनि छलफल र उद्दारका लागि पहल भइराखेको उनले बताए ।

Advertisement

विदेशमा रहेका संक्रमित नेपालीहरुको निःशुल्क उपचार भइराखेको तर देशभर संक्रमण धेरै भएपछि सामान्य अवस्थामा रहेकालाई अस्पतालले घरमै बसेर आराम गर्न आग्रह गर्दा नेपालीहरुमा मनोवैज्ञानिक अप्ठेरो परेको बताए । उनले कोरोना भाइरसको कारण लकडाउन हुने र हवाई उडान बन्द हुँदा विदेशमा रहेका नेपालीहरुको भिजा अवधि सकिने, श्रमिकहरुको करार अवधि सकिने र अवैध भई कानूनी समस्या आउन सक्छ कि भन्ने समस्या देखापरेको बताए । उनले थुप्रै देशहरुले कामदारहरु कटौति गर्ने र रजिस्ट्रेसन सुरु गरेको अवस्थामा खर्चको अभाव हुने समस्या आएको समेत बताए । तर अधिकांश देशहरुले भिजाको अवधि तीन महिना थपेकाले भने कुनै समस्या नहुने र सरकारले पनि त्यसमा पहल गरिराख्ने भएकाले कुनै समस्या आउन नदिने बताए । नेपालबाट श्रमका लागि भारत, साउदी अरेयिबा, युएई, कतार, मलेसिया, दक्षिण कोरिया, जापान, साइप्रस, इजरायल लगायतका देशहरुमा नपालीहरु गएका छन् । यसबाहेक अन्य धेरै मुलुकमा अध्ययन, तालिम, श्रम गर्न तथा घुम्नका लागि गएका नेपालीहरु रहेका छन् ।

भर्खरको समाचार

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

इरानलाई अल्टिमेटम दिएका ट्रम्प किन एकाएक वार्तामा फर्किए?

trump khameni missiel

रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन

Balen-Rabi at KTm Valley_NPL (10)

अमेरिकासँग इरानको वार्ता भएकै छैन्, ट्रम्पको दाबी अफवाह!

trump

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

सम्बन्धित खबरहरु

Scroll to Top