ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्स बन्द, अमेरिकालाई पुरानै अवस्थामा फर्काउने ट्रम्पको दाबी

२४ बैशाख, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्स बन्द गर्ने तयारी भएको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको महामारी नियन्त्रण सम्बन्धी प्रयासको समन्वय गरिरहेको टास्क फोर्स एक साता भित्रै बन्द गर्ने तयारी रहेको बताएका हुन् ।

एरिजोनामा रहेको मास्क उत्पादन कम्पनीको भ्रमणको क्रममा राष्ट्रपति ट्रम्पले अमेरिकालाई पुरानै अवस्थामा फर्काएर आर्थिक गतिविधि सुरु गर्ने बताएका हुन् ।

Advertisement

अमेरिकामा हाल दैनिक २० हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदै आएको छ । यस्तै दैनिक मृत्यु हुनेको संख्या पनि एक हजार भन्दा बढी छ । तर राष्ट्रपति ट्रम्पले देश अब पुरानै अवस्थामा फर्काउन सुरु गर्ने बताएका हुन् ।

तर विपक्षी दलहरुले भने व्यवसाय खुला गर्न हतारो गरेर राष्ट्रपति ट्रम्पले अमेरिकीको जीवनमाथि खेलवाड गरेको आरोप लगाउँदै आएका छन् ।

Advertisement

उनले आउँदो नोभेम्बरमा हुने चुनावमा आफ्नो पक्ष बलियो बनाउनका लागि अर्थतन्त्र खुला गर्ने मार्गमा सर्वसाधारणको जीवन नै जोखिममा पारेको आरोप विपक्षीको छ ।

ट्रम्पको प्रमुख चुनावी मुद्दा आर्थिक वृद्धि हो र अहिले अमेरिकी अर्थतन्त्र अति गम्भीर रुपले प्रभावित भएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top