×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

महामारीविरुद्ध जुध्न बुद्धजयन्तीले थप प्रेरित गर्ने प्रधानमन्त्रीको विश्वास

२५ बैशाख २०७७

२५ वैशाख, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस महामारीविरुद्ध जुध्न र मानवताको पक्षमा ऐक्यबद्धता प्रदर्शन गर्न बुद्धजयन्तीले थप प्रेरित गरिरहेको उल्लेख गरेका छन् ।

२५६४ औँ बुद्धजयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै उनले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व रहेको पनि बताएका छन् । संयुक्त राष्ट्रसङ्घको संलग्नतामा तर्जुमा गरिएको लुम्बिनी विकास गुरुयोजनाको कार्यान्वयन भइरहेको जनाउँदै उनले विश्व शान्ति, मानव कल्याण र अहिंसाका प्रणेता गौतमबुद्धप्रति सम्मानसमेत व्यक्त गरेका छन् ।

Advertisement
Advertisement

सिङ्गो विश्व कोरोना भाइरसको सङ्क्रमण र महामारीबाट प्रभावित नभएको भए अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको भव्य आयोजना गरिरहेका हुने थियो भन्दै प्रधानमन्त्री ओलीले त्यस अवसर र सफलताबाट हामी बञ्चित हुनुपरेको उल्लेख गरेका छन् ।

“गत साल भियतनामको हनोइबाट यसको घोषणा गरेबमोजिम अन्तर्राष्ट्रिय वैशाख दिवसको तयारीमा लागिरहेका हुनेथियौँ । नेपाल भ्रमण वर्ष २०२० को एउटा महत्वपूर्ण कार्यक्रमका रूपमा लुम्बिनी चहलपहलमय हुने थियो”, ओलीले सन्देशमा भनेका छन्, “भैरहवाको नयाँ अन्तर्राष्ट्रिय एयरपोर्टमा कतिपय चार्टर्ड फ्लाइट अवतरण भइरहेका हुने थिए ।

बुद्धजयन्तीसँगै आयोजना हुने विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमले विश्व समुदायमाझ लुम्बिनी र नेपालको विशेष ध्यान खिचिएको अवस्था हुने थियो ।” लुम्बिनी विश्व शान्ति शहरको परिकल्पनालाई साकार रूप दिन सार्थक प्रयास जारी रहेको उल्लेख गर्दै सन्देशमा भनिएको छ, “हामीले आकर्षक पूर्वाधार विकासको माध्यमबाट संसारभरिका बुद्धमार्गीसँगै पर्यटकको आकर्षणको केन्द्रका रूपमा लुम्बिनीको विकासमा उच्च महत्व दिइरहेका छौँ ।”

प्रधानमन्त्री ओलीले लुम्बिनी सिद्धार्थ गौतमबुद्धको जन्मस्थलसँगै बुद्ध दर्शनको उद्गमस्थल रहेकाले विश्वको ध्यान जानु जरुरी रहेको बताउँदै सिद्धार्थ गौतमको योगदान, बुद्ध दर्शनको महत्व र यसले विश्व शान्तिमा पु¥याएको योगदानलाई मनन गरी सन् १९९९ मा यस दिनलाई संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय वैशाख दिवस (द डे अफ भेसाकं) का रूपमा मनाउने घोषणा गरेको उल्लेख गरेका छन् ।

उनले यस वर्षको बुद्धजयन्ती राष्ट्रव्यापी लकडाउन भइरहेको र अन्तर्राष्ट्रिय उडान आवागमनसमेत रोकिएको बन्दप्रायः अवस्थामा मनाउनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताए। प्रधानमन्त्री ओलीले सरकारले चालेको प्रभावकारी कदम र सम्बद्ध सबैको रचनात्मक सहयोगका कारण कोरोना भाइरसको सङ्क्रमणबाट हालसम्म नेपालमा कुनै पनि मानवीय क्षति नभएको स्पष्ट पारेका छन् ।

Advertisement

“यो हामी सबैका लागि सन्तोषको कुरा हो । यस महामारीबाट विश्वभरि ज्यान गुमाउने सबैप्रति म, भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्छु । साथै सङ्क्रमित सबैको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्छु”, उनले सन्देशमा भनेका छन्, “विश्वव्यापी साझा प्रयास र एकताको बलमा यस महामारीलाई परास्त गरी मानव समुदायको जीवनरक्षा गर्न सफल हुनेमा म विश्वस्त छु ।”

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top