सरकारले ल्याउने बजेट र नीति तथा कार्यक्रमको पक्षमा उभिन नेकपाका सांसदलाई प्रधानमन्त्रीको लिखित निर्देशन

२५ बैशाख ७७, शुक्रबार

२६ वैशाख, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका सांसदहरुलाई सरकारले ल्याउने बजेट र नीति तथा कार्यक्रमको पक्षमा उभिन लिखित निर्देशन दिएका छन् ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ,प्रतिनिधिसभामा दलका प्रमुख सचेतक देव गुरुङ, सचेतक शान्ता चौधरी, राष्ट्रियसभामा दलका नेता दीननाथ शर्मा र प्रमुख सचेतक खिमलाल भट्टराईसहित बैठक बसेर नेकपाका सांसदहरुलाई प्रधानमन्त्रीले निर्देशन जारी गरेका हुन् ।

नीति तथा कार्यक्रम र बजेटको पक्षमा विगतमा झैं दृढ भएर समर्थन गर्न प्रधानमन्त्रीले लिखित निर्देशन जारी गरेको दलका उपनेता सुवासचन्द्र नेम्बाङले बताए । आज अपरान्ह ४ बजेदेखि संघीय संसदको बजेट अधिवेशन सुरु हुँदैछ ।

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते नीति तथा कार्यक्रम संसदमा पेश गर्ने तय भएको छ । जेठ १५ गते अर्थमन्त्री युवराज खतिवडाले बजेट पेश गर्नेछन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top