×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कोरियामा कोरोनाकाे सामूहिक सङ्क्रमणले फेरि त्रास, क्लब र बार बन्द

२८ बैशाख २०७७

२८ बैशाख, सियोल।

कोरोना महामारीको त्रास बढेको भन्दै दक्षिण कोरियाको राजधानी सियोलका सबै क्लब र बार बन्द गर्न सरकारले आदेश दिएको छ । कोरियाली राष्ट्रपति मून जाए–इनले कोरोना भाइरस सङ्क्रमणकाे दोस्रो सिलसिला मुलुकमा देखिन थालेकाले त्यसप्रति सचेत रहन देशबासीलाई अपिल गरेका छन् ।

भाइरस नियन्त्रणका सन्दर्भमा दक्षिण कोरियाले उदाहरणीय कार्य गरेको छ । तर राजधानी सियोलका मेयरले शनिबार रात्रिजीवनका लागि निकै प्रख्यात मानिएको इताओनमा नयाँ कोरोना भाइरस संक्रमित व्यक्तिहरु भेटिएसँगै नयाँ आदेश जारी गरेका छन्। गत सप्ताहान्तमा इताओनका पाँच वटा क्लब र बारमा पुगेका एक २९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको र उनीबाटै अरु ५० भन्दा बढी व्यक्तिमा कोरोना सरेको भेटिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

सियोलका मेयर पार्क वोन–सूनले सानो असावधानीले सङ्क्रमण व्यापक बन्न सक्छ भन्दै नगरपालिकाले जारी गरेको आदेश अनिश्चितकालका लागि लागू हुने बताए । सियोललाई घेरेको गियोङ्गी प्रान्तले पनि ५ हजार ७०० भन्दा बढी मनोरंजन केन्द्रहरु आइतबारदेखि लागू हुनेगरी दुई साताका लागि बन्द गरेको छ । इताओनका मनोरंजन केन्द्रहरुमा करिब ७ हजार २०० मानिस पुगेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । उक्त स्थानमा पुगेका सबै नागरिकलाई तत्काल स्वास्थ्य परीक्षणमा सहभागी हुन आग्रह गरिएको छ ।

आइतबार भेटिएका ३४ जना नयाँ संक्रमितमध्ये २४ जना इताओनका मनोरंजन स्थलहरुमा पुगेका व्यक्ति रहेका कोरियाली रोग नियन्त्रण तथा रोकथाम केन्द्र (केसिडिसी) ले जनाएको छ । दक्षिण कोरियाको दैनिक जीवन विस्तारै सामान्यीकरणतर्फ उन्मूख भइरहेका बखत नयाँ संक्रमण देखिएको छ । सरकारले पनि गत बुधबारदेखि सामाजिक दूरीसम्बन्धी नियमलाई खुकुलो बनाएको थियो ।रासस / एएफपी

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top