अस्पतालहरूमा ओपिडी सेवा पुनः सुचारु

२९ बैशाख, काठमाडौं । अस्पतालहरूमा बन्द भएको ओपिडी सेवा पुनः सुचारू हुने भएको छ ।

Advertisement

सरकारले कोरोना भाइरसको रोकथाम र उपचारका लागि तयार रहन भन्दै सबै अस्पताललाई इमेर्जेन्सीबाहेकका सबै ओपिडी सेवा बन्द गर्न निर्देशन दिएको थियो ।

ओपिडी सेवा बन्द हुँदा सर्वसाधरणहरू अत्यावश्यक सेवाबाट बन्चित भएको भन्दै स्वास्थ्य मन्त्रालयले सबै केन्द्र, प्रदेश र स्थानीय तह मातहतका अस्पताल र मेडिकल कलेजलाई समेत ओपिडी सेवा सुरू गर्न भनेको छ । साथै निजी तथा गैर सरकारी संस्थाबाट सञ्चालित अस्पताललाई पनि सेवा सुरू गर्न भनिएको छ।

Advertisement

चिकित्सक तथा विज्ञहरूले मन्त्रालयलाई ओपिडी सेवा सुरू गर्न सुझाउँदै आएका थिए । नेपालमा कोरोना संक्रमण देखिएको केही समयमै सरकारले देशभरका ठूला अस्पताललाई कोभिड(१९ विशेष अस्पताल तोकेको थियो।

ती अस्पतालहरूले आफ्ना ओपिडी सेवा बन्द गरेका थिए । सरकारले अब स्वास्थ्य सेवालाई खुकुलो पार्दै उक्त सेवा सुरू गर्न भनेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top