३० बैशाख, नयाँ दिल्ली ।
भारतमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमितको सङ्ख्या मङ्गलबार साँझसम्म ७१ हजार नाघेको छ । मृत्यु हुनेहरूको सख्या २ हजार ३१० जना पुगेको छ । सङ्क्रमणबाट गएको २४ घन्टायता ८७ जनाको मृत्यु भएको छ ।
कोभिड १९ बाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या ७१ हजार ४४१ जना पुगेको छ । गत २४ घण्टामा मात्र ३ हजार ६०५ जना कोरोना भाइरस सङ्क्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । सङ्क्रमणबाट निको भएका बिरामीको संख्या २३ हजार ४९ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।
कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक सङ्क्रमित भएका छन् ।भारतले शुक्रबार मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो ।