×

NEPAL TIMES UPDATES

Playing
साक्षीको बकपत्र गर्दा सरकारी वकीलको अनिवार्य उपस्थिति|| Nepal Times
Apr 28, 2026
Playing
नयाँ शैक्षिक सत्रको भर्ना आजदेखि सुरु || Nepal Times
Apr 28, 2026
Playing
रुसले इरानलाई सहयोग गर्ने, पुटिनलाई भेटेर अराघचीले भने असफल अमेरिका वार्ता गर्न चाहान्छ| Nepal Times
Apr 28, 2026
Playing
३ दिनमा १० हजार सुकुम्बासी प्रभावित, मनोहरामा विद्यालयसहित सबै घर भत्काइए|| Nepal Times
Apr 28, 2026
Playing
आज र भोलि यी स्थानमा भारी वर्षाको सम्भावना|| Nepal Times
Apr 28, 2026
Playing
महेश पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा|| Nepal Times
Apr 27, 2026
Playing
के टियुको १० हजार क्षमताको प्यारापिटमा डोजर चल्ने हो ? || Nepal Times
Apr 27, 2026
Playing
सुकुम्बासी राजनीतिमा बालेनको ‘ब्रेक थ्रु’, बाबुरामले किन चित्त दुखाए ?|| Nepal Times
Apr 27, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-14-2083 || Nepal Times
Apr 27, 2026
Playing
व्यवसायीलाई कारबाही गर्दा साँच्चै शिथिल हुन्छ अर्थतन्त्र ? || Nepal Times
Apr 27, 2026

पर्सा र बारामा निषेधाज्ञा जारी, सुरक्षाको जिम्मा सेनालाई

३१ बैशाख २०७७

३१ बैशाख, पर्सा, बारा । कोरोना संक्रमितको संख्या बढेसँगै पर्सा र बारामा जिल्ला सुरक्षा समितिहरूले निषेधाज्ञा जारी गरेका छन् ।

पर्सामा मंगलबार साँझ ८ बजेदेखि र बारामा आज बुधबार बिहान ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।

Advertisement
Advertisement

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा मंगलबार बसेको आकस्मिक बैठकले जेठ ५ गतेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको हो । आवश्यकता हेरेर निषेधाज्ञाको म्याद थप्न पनि सकिने बैठकमा सहभागी एक सुरक्षा अधिकारीले बताए ।

सरसफाइ, खाद्यान्न तथा बैंकको काउन्टर आदिको व्यवस्थापन गर्दै निषेधाज्ञा जारी गरिएको हो । यस अवधिमा सुरक्षाको जिम्मेवारी सेनालाई दिइएको छ ।

भारतसँगको खुला सीमा र लकडाउन उल्लंघनका कारण कोरोना नियन्त्रण जटिल बन्दै गएको छ । स्वास्थ्य कार्यालय पर्साले पछिल्लो संक्रमितको संख्याले जिल्लाको अवस्था अत्यन्त जोखिमपूर्ण हुन पुगेको बताएको छ । स्वाब संकलन र परीक्षण जारी भएकाले नतिजा पनि क्रमशः आउने बताइएको छ ।

बारामा पनि कोरोना संक्रमितको संख्या बढेसँगै केही दिनदेखि खुकुलो पारिएको लकडाउनलाई पुनः कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालयले बुधबार बिहानदेखि अनिश्चितकालका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार बारा–पर्सा आउजाउ निषेध गरिएको छ । साथै जारी गरिएका हस्तलिखित र अनलाइन पास (गम्भीर बिरामीको पासबाहेक) बुधबारदेखि लागू हुने गरी रद्द गरिएको उनले बताए ।

Advertisement

अति आवश्यक ढुवानी र पसल सञ्चालनबाहेक विकास निर्माण र उद्योगमा वीरगन्जका मजदुरलाई काममा नलगाउनसमेत प्रजिअले निर्देशन दिएका छन् ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top