अब नागरिक उड्डयन प्राधिकरण टुक्रिने

३१ बैशाख,काठमाडौँ ।
हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने गरी ल्याइएका दुई वटा विधेयक छलफलका लागि संसदीय समितिमा पेश भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले बुधबार राष्ट्रिय सभाको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक–२०७६’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक–२०७६’ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने गरी पेश गरेका हुन् ।

विधेयकमा अहिले विद्यमान रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणलाई फरक फरक संस्था बनाउने व्यवस्था गरिएको छ । सरकारले हवाई सेवा प्रदायक र नियमनकारी निकायका रुपमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गर्ने तयारीका साथ विधेयक ल्याएको हो । विधेयक आएपछि हवाई क्षेत्रको नियमन ‘नेपाल नागरिक उड्डयन प्राधिकरण’ (क्यान)ले गर्ने छ भने हवाई सेवा प्रदान ‘नेपाल हवाई सेवा प्राधिकरण’ (आसान) ले गर्नेछ । नागरिक उड्डयन प्राधिकरण ऐन र हवाई सेवा प्राधिकरण ऐन लागू भएपछि हवाई सेवा सम्बन्धी कानून विश्व परिवेश अनुसार हुने दाबी मन्त्री भट्टराईको छ ।

नेपालको उड्डयन क्षेत्रलाई सेवाप्रदायक र नियामक बनाउन अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले सन २००९ देखि नै नेपाल सरकारलाई सुझाव दिएको थियो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनकै मार्गनिर्देशनमा प्राधिकरणलाई विभाजन गरी कामका आधारमा छुट्याउन आइकाओ र क्यानबीच गत वर्ष सम्झौता भएको थियो । सन २०१३ देखि नेपालको हवाई उड्डयन क्षेत्रलाई यूरोपेली युनियन (ईयू)ले कालो सूचीमा राख्दै आएको छ । नेपालको हवाई उड्डयन सेवालाई स्तरीय, सुरक्षित र विश्वसनिय बनाउन र अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप विमानस्थल तथा एयर नेभिगेसन सेवा सञ्चालन गर्न नेपाल हवाई सेवा प्राधिकरणको स्थापना गर्ने प्रस्ताव विधेयकमा छ ।

Advertisement

नेपाल हवाई सेवा प्राधिकरणले हवाई सेवा सम्बन्धी एरोनेटिक चार्ट तयार गरी लागू गर्ने, उडान सूचना दिने, मौसम सम्बन्धी सूचना प्रवाह गर्ने, उडान तालिका स्वीकृत गर्ने, खोज तथा उद्धारमा समन्वय गर्ने लगायतका कार्यहरु गर्ने छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भने वायुसेवाको नियमन मात्रै गर्ने छ । अहिले नागरिक उड्डयन प्राधिकरण हवाई क्षेत्रको नियमक निकायको रुपमा रहेको छ । ‘नागरिक उड्डयन ऐन–२०५३’ अनुसार प्राधिकरण सञ्चालित छ । नयाँ विधेयक कार्यान्वयनमा आएपछि एउटै निकायले गर्दै आएको कामलाई दुई निकायमा बाँडफाँड हुनेछ । अहिले नागरिक उड्डयन प्राधिकरणले हवाई उडान, सञ्चार, हवाई पथ प्रर्दशन र हवाई परिवहन सम्बन्धी काम गर्दै आएको छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top