३१ वैशाख, काठमाडौं ।
नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ विज्ञप्ति जारी गरी थप २४ जनामा कोरोना संक्रमण भएको जनाएको हो । यो सँगै नेपालमा कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या २४३ पुगेको छ ।
बुधबार साँझ स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् ।
रुपन्देहीमा २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, ४१ वर्षीय पुरुषहरु र ४, १० र २८ वर्षीया महिलाहरुमा कोरोना संक्रमण भेटिएको छ भने कपिलबस्तुका २२, २९, ३२, ४०, ४०, ४०, ४२, ४२ वर्षीय पुरुषहरुमा कोरोना भेटिएको छ ।
त्यस्तै पर्साका ३६ र ७४ वर्षीय पुरुष र ३६ वर्षीया महिलामा कोरोना भेटिएको छ । त्यसैगरी नवलपरासीका ३६ वर्षीया पुरुषमा कोरोना भेटिएको छ । उनीहरु सबैको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।