×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

दिनभरका प्रमुख खबर

१ जेष्ठ २०७७
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(नथपिएको दिन भएन)
बिहीबार तीनजना संक्रमित थपिएसँगै नेपालमा २ सय ४६ जना संक्रमित /३५ जना उपचारपछि निको भएर घर फर्किए /देशभरी २ सय ७२ जना आइसोलेसनमा /१५ हजार ६ सय जना क्वारेन्टाइनमा ।

Advertisement

 

२.(परीक्षणको आकँडा)
माघ १४ गतेबाट सुरु गरिएको कोरोना भाइरसको पिसिआर विधिबाट अहिलेसम्म साढे २२ हजार बढीको नमुना परीक्षण / देशभरी २८ जिल्लामा कोरोना परीक्षण गर्ने सरकारको योजना ।

 

३.(लकडाउनको पालना गरौं)
संक्रमण फैलने सम्भावना उच्च भएपछि लकडाउन आज देखि पुनः कडाइका साथ लागू /केही सहज भएको जनजीवन फेरी प्रभावित / लकडाउनको आज ५२ औं दिन सवारी चेकजाँचमा थप कडाईं ।

 

४.(पासको मिति सकियो)
जारी लकडाउनलाई अझै कडाइ गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुबाट जारी भएका सबै पास गृह मन्त्रालयद्वारा खारेज /अबदेखि लिइने पासहरु गृह मन्त्रालयको अनुमतिमा मात्रै जारी गरिने ।

 

५.(अलपत्रको ब्यवस्थापन गर)
आवश्यक स्वास्थ्य सामग्रीको यथासिघ्र व्यवस्थापन गर्न सरकारलाई संसदीय समितिको निर्देशन /विदेशमा रहेका नागरिकलाई नेपाल ल्याउन क्वारेन्टाइन र आइसोलेसनसहित आवश्यक सुरक्षा प्रवन्ध मिलाउन आग्रह ।

 

६.(परीक्षण बढाउ)
कोरोना भाइरसबाट बच्नको लागि पीसीआर परीक्षणको दायरा बढाउन सरकारलाई सर्वोच्चको अन्तरिम आदेश /हालको परिस्थितिमा तत्काल रोग नियन्त्रण गरी आम नागरिकको जीवन रक्षा गर्नुपर्ने अवस्था भएको उल्लेख ।

 

७.(सरकारले सुनोस्)
आगामी बजेटमार्फत प्रत्येक प्रदेशमा कम्तीमा १ हजार शैय्या र प्रत्येक स्थानीय तहमा कम्तीमा १ सय शैय्याको अस्पताल खोल्न सरकारलाई मानव अधिकार आयोगको निर्देशन /बेरोजगार नेपालीलाई रोजगारीको सुनिश्चितता गर्न आग्रह ।

 

८.(न्याय नपाएपछि…..)
कपिलवस्तुमा स्थानीय प्रशासनको निषेधाज्ञा तोड्दै महिलाहरु आन्दोलनमा उत्रिए/ बालिकालाई यौन दुव्र्यवहार गर्ने दुईमध्ये एक जना अदालतबाट सजाय विनै छुटेपछि पीडित परिवारसहित स्थानीय महिलाद्वारा प्रहरीचौकी घेराउ ।

 

९.(भारतको दादागिरी)
पाँचथरको फालेलुङ गाउँपालिकाको करिब एक सय मिटर क्षेत्र आफ्नो रहेको भन्दै भारतीय सीमा सुरक्षा बलद्वारा संरचना निर्माणमा रोक /स्थानीय जनप्रतिनिधि र प्रहरीको टोलीले भारतीय सुरक्षाकर्मीसँग छलफल गरेपनि संरचना बनाइए भत्काउने एसएसबीको प्रतिक्रिया ।

 

१०.(संकटमा नेपाली)
सबै किसिमको भिसा उल्लंघन गर्नेलाई जरिवानामा छुट दिने यूएईको निर्णय /सबै इमिरेट्स आईडी र वर्क परमिट सकिएका विदेशी नागरिकले तीन महिना भित्र मुलुक छाड्नुपर्ने/देश नछाडे जरिवाना तिराउने ।

 

११.(श्रम अध्ययन कार्यदल)
कोरोना संक्रमणका कारण उद्योग तथा श्रम क्षेत्रमा परेको प्रभावको अध्ययन गर्नको लागि श्रम मन्त्रालयद्वारा उच्चस्तरीय कार्यदल गठन / कार्यदलले पारिश्रमिक भुक्तानी र रोजगारको निरन्तरताको लागि सुझाव पेस गर्ने ।

 

१२.(पर्यटन प्राथमिकतामा नपर्ने)
लकडाउनका कारण अर्थतन्त्रमा परेको असरको समस्टिगत अध्ययन गरी राहतको प्याकेज ल्याउन अर्थविद्हरुको सुझाव /पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर नीति कार्यक्रम र बजेट ल्याउन नहुने उल्लेख ।

 

१३.(शेयरलाई लाग्यो लकडाउन)
बिहीबार देखि शेयर कारोबार फेरी बन्द/ नेपाल धितोपत्र बोर्डले शेयर बजार बन्द गर्न निर्देशन दिएसँगै नेपाल स्टक एक्सचेन्जले लकडाउन अवधिभर शेयर कारोबार बन्द गर्ने ।

 

१४.(कोरोनाले नछोड्ने)
कोरोना भाइरसको संक्रमण ‘कहिल्यै समाप्त नहुने’ सम्भावना रहेको विश्व स्वास्थ्य संगठनको चेतावनी /भाइरस कहिलेसम्म रहन्छ भनेर आधारहीन भविष्यवाणी र वाचा नगर्न सबैलाई सुझाव ।

 

Advertisement

र,
१५.(भयावहको प्रकोप)
कोरोना महामारीका कारण हालसम्म विश्वभर २ लाख ९८ हजार बढीको मृत्यु /४४ लाख ५२ हजार बढी संक्रमित /१६ लाख ७५ हजार बढी निको भएर घर फर्किए ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top