बेलायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या ६१ पुग्यो

२ जेष्ठ, एजेन्सी । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या ६१ पुगेको गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले जनाएको छ ।

एनआरएनए यूकेले बेलायतका नेपालीमा भएको कोरोना संक्रमणसम्बन्धी एक तथ्यांक सार्वजनिक गर्दै ६१ नेपालीको मृत्यु भएको जनाएको हो ।

अहिलेसम्म बेलायतमा ७ सय ४७ जना नेपालीमा कोरोनाको संक्रमण भएको समेत एनआरएनए बेलायतले बताएको छ । जसमध्ये १ सय १५ जना उपचारका लागि अस्पताल भर्ना भएका छन् ।

Advertisement

लन्डनस्थित नेपाली दुतावासबाट यसअघि ६० जना नेपालीको मृत्यु भएको पुष्टि भएको थियो ।

तथ्यांकले ३७ जना उपचारपछि निको भएर घर फर्किएको तथा १७ जना अझै पनि अस्पतालमा उपचारकै क्रममा अस्पतालमा रहेको देखाएको छ ।

Advertisement

हालसम्म बेलायतमा ६ सय ३२ जना नेपालीमा कोरोनाको लक्षण देखिएर घरमै आइसोलेसनमा बसेका छन् ।

उनीहरुमध्ये ५ सय ७० जना अहिले निको भइसकेका छन् भने ६२ जना अझै पनि आइसोलेसनमै रहेको जनाइएको छ।

एनआरएनए यूकेको हेल्पलाइनको सक्रियतामा तथ्यांक संकलन गरिएको हेल्पलाइनका संयोजक एनआरएनए यूके सचिव जीत रानाभाटले जानकारी दिए।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top