×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विश्वकै ठूलो शरणार्थी शिविरका दुई जनामा कोरोना संक्रमण, अवस्था भयावह हुन सक्ने चेतावनी

२ जेष्ठ २०७७

२ जेष्ठ, एजेन्सी । बंगलादेशस्थित विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा पनि दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बंगलादेशको कक्स बजारमा रहेको रोहिंग्या शिविरमा बस्ने दुई रोहिंग्यामा संक्रमण पुष्टि भएपछि चिन्ता र त्रास थपिएको छ । उक्त शिविरमा म्यानमारमा भएको हिंसाबाट जोगिनका लागि भागेर आएका करिब १० लाख रोहिंग्या बस्दै आएका छन् ।

संक्रमण पुष्टि भएका दुई रोहिंग्यालाई आइसोलेशनमा राखेर उपचार थालिएको बिबिसीले जनाएको छ । शिविरका करिब १९ सय शरणार्थीलाई आइसोलेशनमा राखिएको छ भने उनीहरुमा कोरोना भाइरसको संक्रमण रहे नरहेको थाहा पाउन परीक्षण हुँदैछ ।

रोहिंग्या शिविर मार्च १४ देखि लकडाउनमा छ । शिविरमा कोरोना भाइरसको संक्रमण फैलिएमा भयावह हुनसक्नेमा चिन्ता बढेको छ । कक्स बजारस्थित शिविरका साँघुरा टहरामा स्वच्छ पानीको पहुँच समेत नभएको बताइएको छ ।

बंगलादेशस्थित सेभ द चिल्ड्रेनका स्वास्थ्य निर्देशक डा. शमिम जाहनले विश्वको सबैभन्दा ठूलो शरणार्थी बस्तीमा भाइरसको प्रवेश गरेकाले यसबाट हजारौँ व्यक्तिको ज्यान जोखिम रहेको बताए ।

शिविरमा प्रति वर्ग्किलोमिटरमा ४० हजारदेखि ७० हजार शरणार्थी बस्ने भएकाले सामाजिक दूरी कायम गर्नसमेत गाह्रो हुने र संक्रमण समुदायस्तरमा फैलन सक्ने चेतावनी दिइएको छ ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top