छाङ्गरु र तिङ्करमा सशस्त्र प्रहरीसँगै जनपद प्रहरीको संयुक्त टोली

१ जेठ ७७, शुक्रबार

२ जेठ, दार्चुला ।

सशस्त्र प्रहरीसँगै नेपाल प्रहरीको टोली पनि शुक्रबार व्यासको छाङ्गरु र तिङ्कर चौकी गएका छन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत प्रहरीका दुवै चौकीका प्रहरी जवान ती स्थानमा गएका हुन् । प्रहरी नायब निरीक्षक हर्कसिंह महताको नेतृत्वमा नौ जनाको टोली तिङ्करको छियालेक र प्रहरी सहायक निरीक्षक देवदत्त भट्ट नेतृृत्वमा सीतापुलमा नौ जनाको टोली प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

व्यासको छाङ्गरुको सीतापुल र तिङ्करको छियालेकमा बस्दै आएका प्रहरी गत मङ्सिर महिनामा चिसो छल्न व्यास गाउँपालिका वडा नं २ को दुम्लिङ झरेको थियो । दुवै चौकीका प्रहरी सम्बन्धित चौकीमा पुगेका छन् । व्यासको चीन ताक्लाकोट नजिकै रहेको छियालेक प्रहरी चौकी विसं २०२४ र छाङ्गरुको सीतापुल प्रहरी चौकी विसं २०२७ मा स्थापना भएका हुन् । अहिले दुवै प्रहरी चौकीका भवन जीर्ण अवस्थामा छन् । जीर्ण भवनमा त्रिपाल राखेर बास बस्नुपर्ने बाध्यता रहेको जनाइएको छ ।

Advertisement

सो गाउँपालिका वडा नं १ का दुई गाउँ छाङ्गरु र तिङ्करमा विगत लामो समयदेखि प्रहरीको मात्र छ महिना उपस्थिति हुँदै आएको छ । हालसम्म उनीहरुका लागि पक्की भवन निर्माण हुनसकेको छैन । भवन नहुँदा गत वर्षदेखि प्रहरीले त्रिपालको भरमा बस्तीको संरक्षणमा खटिएका थिए ।

–नरेन्द्रसिंह कार्की/रासस

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top