चीनमा पछिल्लो २४ घण्टामा आठ नयाँ संक्रमित

३ जेष्ठ, एजेन्सी ।
पछिल्लो २४ घण्टामा चीनमा आठ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

चीनमा मे १४ मा चारजनामा कोरोना संक्रमण देखिएको थियो भने शुक्रबार आठ जना संक्रमित बढेका हुन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार नयाँ संक्रमित आठ जना मध्ये ६ जना विदेशबाट चीन आएका थिए।

दुईजना चिलिन प्रान्तका हुन् र उनीहरु स्थानीय संक्रमित हुन् । चीनमा अहिलेसम्म झण्डै ८३ हजारमा संक्रमण देखिएको छ भने ४६३३ जनाको मृत्यु भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top