×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ताप्लेजुङमा भारी वर्षाः महिलाको शव भेटियो, हावाहुरीले घर तथा कार्यालयमा क्षति

३ जेष्ठ २०७७

३ जेष्ठ, ताप्लेजुङ ।
ताप्लेजुङमा शुक्रबार राति परेको भारी वर्षापछि खहरे खोलाले बगाउँदा एक महिलाको ज्यान गएको छ भने अर्की एक जनालाई तमोर नदीले बगाएको छ ।

फुङ्लिङ नगरपालिका वडा नम्बर–९ हाङ्देवास्थित हिरेवाखोलाले बगाउँदा अन्दाजी ३२ वर्षीय एक महिलाकोे ज्यान गएको हो । उनको शिवालय मन्दिर जाने बाटोदेखि झण्डै ५० मिटर तल शरीरको तल्लो भाग पूरै क्षतविक्षत अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डीएसपी) महेन श्रेष्ठले जानकारी दिए।

महिलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याईएको समेत प्रहरीले जानकारी दिएको छ भने तमोरले बगाएकी महिलाको भने पहिचान हुन सकेको छैन । वर्षासँगै चलेको हावाहुरीले विभिन्न स्थानका घर तथा कार्यालयका छाना उडाएको छ भने सदरमुकाम फुङ्लिङका बजार पसलभित्र भेल पसेर क्षति समेत पुर्‍याएको छ ।

ढलको उचित निकास नभएको फुङ्लिङ बजारका घर तथा पसलहरुमा भेल पसेर ठूलो क्षतिभएको छ । मेची राजमार्गसहित यहाँका शाखा मार्गहरुमा समेत क्षति पुगेको छ । हावाहुरीले जिल्ला खेलकुद विकास समितिको कार्यालयको छाना उडाएको छ भने अभिलेख सञ्चित भएका कम्युटर तथा कागजातमा क्षति पुगेको कार्यालय प्रमुख यज्ञनिधि पौडेलले बताए ।

मेची राजमार्गको काबेली–सशस्त्र प्रहरी चेकपोष्ट खण्डका ठाउँ–ठाउँमा सडक नै उक्काएको तथा सडक मार्ग नै बिग्रिएको छ । भारी वर्षाका कारण ढल भएका ठाउँमा पनि ढल भरिएर पानी पूरै राजमार्गमा दौडदा राजमार्गको केही क्षेत्र बगाउनुका साथै पूरै स्वरुप बिगारेको छ ।

पानी तथा हावाहुरीले समस्या सृजना गरेको थाहा पाएलगत्तै जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको नेतृत्वमा बवपद् व्यवस्थापन समितिका पदाधिकारी तथा जिल्ला समन्वय समितिका प्रमुुख घनेन्द्र मादेन र फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेलसहितको जनप्रतिनिधिको टोली स्थलगत अवलोकन तथा निरीक्षणमा रहेको छ ।

हावाहुरीले ताप्लेजुङमा प्रवाह हुने केन्द्रीय विद्युत प्रसारण लाइनसमेत रातिबाट अवरुद्ध भएको छ ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top