३ जेष्ठ, काठमाडौं ।
सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी गरेको लक डाउनको ५४ दिन पुगेको छ ।
गत चैत ११ गतेबाट जारी गरिएको लक डाउन शनिबार ५४ औं दिनमा प्रवेश गरेको हो । लक डाउनका कारण नेपाली जनजीवन प्रभावित बनेको छ । अत्यावश्यक बाहेकका कार्यालयहरु बन्द रहेका छन् । आइतबारबाट सरकारले अत्यावश्यक सेवाका कार्यालय सञ्चालनमा केही सहज गरेपछि संक्रमितको संख्या बढ्दै गएपछि पुनः लक डाउन कडा पारिएको छ ।
बैंक तथा वित्तिय संस्थाका सिमित कार्यालयहरु मात्रै सञ्चालनमा छन् । सरकारले उपत्यकामा टाइम कार्ड लागू गरी विभिन्न ४२ प्रकारका उद्योग व्यवसाय तथा सरकारी कार्यालयहरु, बैंक तथा वित्तीय संस्था सञ्चालन गर्ने निर्णय गरेपनि संक्रमितको संख्या बढ्दै गएपछि अहिले सरकारले उपलब्ध गराएका सम्पूर्ण पासहरु रद्द गरिएका छन् ।
काठमाडौ उपत्यकाका सहित देशका प्रमुख शहरहरुका विभिन्न ठाउँमा पुग्दा सुरक्षाकर्मीले सवारी साधनको चेकजाँचलाई कडाई गरेका छन । अत्यावश्यक सेवाका सवारी साधनहरु, सञ्चारकर्मी, स्वास्थ्यकर्मीका सवारी साधन भने सञ्चालन गर्न दिइएको छ ।
स्वास्थ्य मन्त्रालयको शनिबार १ बजेटसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७६ पुगेको छ । ३६ जना उपचार पछि निकोभएर घर फर्किएका छन् ।