भारत थप दुई साता लकडाउनको अवधि थप्ने तयारीमा

४ जेष्ठ,एजेन्सी । कोरोना भाइरसबाट ज्यान गुमाउने र संक्रमितको संख्या दिनदिनै बढने क्रम जारी रहँदा भारत सरकारले भने बन्दाबन्दीको अवधिलाई थप दुई हप्ता थप्ने तयारी गरेको छ ।

Advertisement

कोभिड–१९ को सङ्क्रमण वृद्धिदर बढिरहेको अवस्थामा शनिबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्रीहरूबीच करिब चार घण्टा लामो छलफल भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।

भिडियो सम्मेलनमार्फत गरिएको छलफलका निश्कर्षहरूलाई औपचारिक रूपमा घोषणा भने गरिएको छैन ।

Advertisement

यद्यपि बैठकमा बन्दाबन्दी बढाउने सहमति भएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्विटरमार्फत सार्वजनिक गरेका छन्।

कोरोनाको संक्रमित बढ्दै गएपछि भारतका विभिन्न राज्यका सरकारले भने लकडाउन बढाउने निर्णयको तयारी गरिरहेका छन्।

Advertisement

पञ्जाबमा कांग्रेस सरकार तथा ओडिसा सरकारले ३० अप्रिलसँग लक डाउन बढाउने निर्णय गरिसकेका छन्। बाँकी राज्यले पनि मोदीलाई लकडाउन बढाउन सुझाव दिएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top