त्रिवि शिक्षण अस्पतालका सबैको कोरोना परीक्षण गरिने

४ जेठ ७७, आइतबार
Share this
750shares

४ जेष्ठ, काठमाडौँ ।
त्रिवि शिक्षण अस्पतालले आफ्नो सबै स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना परीक्षण गर्ने भएको छ ।

Advertisement

शिक्षण अस्पतालसँग प्रत्यक्ष र अप्रत्यक्ष गरी ३ जना कोरोना संक्रमित सम्बद्ध देखिएपछि अस्पतालमा कार्यरत सबैको कोरोना जाँच हुन लागेको हो ।

६ वर्षे बिरामी, बिरामीको कुरुवा र हालै मृत्यु भएकी महिला गरी ३ जना कोरोना पोजिटिभको अस्पतालसँग प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सम्बद्ध रहेकोले हामीले सबै कर्मचारीको कोरोना जाँच गर्न लागेका हौु, शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक डा.सन्तकुमार दासले संचारमाध्यमसंग भने।

Advertisement

यस अन्तर्गत अस्पतालसँग सम्बन्धित करिब २ देखि ३ हजार जना कर्मचारी को कोभिड १९ परीक्षण गरिने छ। यस्तै बिरामी वा कुरुवासँग प्रत्यक्ष सम्पर्कमा आएकाहरूलाई पीसीआर परीक्षण गरिने छ भने अप्रत्यक्ष सम्पर्कमा रहेकाहरूलाई द्रूत परिक्षण किट (आरडीटी)बाट परीक्षण गरिने डा. दासले बताए ।

हाल अस्पतालले कोभिड–१९ बिरामीको सम्पर्कमा आएकाहरूको व्यापक रूपमा कन्ट्याक्ट ट्रेसिङ समेत गरिरहेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top