श्रममन्‍त्री रामेश्वर राय यादव अस्पतालमा भर्ना

३ जेठ ७७, आइतबार

४ जेष्ठ, काठमाडौं ।
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव गंगालाल हृदय रोग केन्द्रमा भर्ना भएका छन्।

Advertisement

एक महिनादेखि जनै खटिराको उपचार गराइरहेका मन्त्री यादव थप पीडा भएपछि आइतबार बिहान अस्पताल गएको उनका छोरा मनीष यादवले जानकारी दिए।

शनिबार वीर अस्पतालमा गएका थियौँ। त्यहाँ चेकजाँच नभएपछि आज बिहान ९ बजे गंगाला अस्पतालमा आएका छौँ’,छोरा मनीषले भने, एक महिना अघिदेखि जनै खटिराले उहाँलाई पीडा भइरहेको थियो। थप पीडा भएपछि चेकजाँचका लागि अस्पताल आएका हौँ।’

Advertisement

आइतबार बिहान अस्पताल पुगेर चेकजाँच गरेपछि चिकित्सकले २४ घण्टा अब्जरभेसनमा बस्न सुझाव दिएका छन्। ओहोर–दोहोर गर्दा थप पीडा हुन्छ’, चिकित्सकको भनाइ उद्धृत गर्दै छोरा मनिषले भने, २४ घण्टा अब्जरभेसनमा बसौँ त्यसपछि थप उपचारको निर्णय गरौँला।’

मन्त्री यादवको स्वास्थ्य उपचारमा डा. प्रविन यादवलगायतको टोली सक्रिय छ। मधुमेहबाट पीडित मन्त्री यादवको ईसीजी रिपोर्ट नर्मल आएको छोरा मनीषले बताए। अस्पतालमा मन्त्री यादवको मुटुकोसमेत चेकजाँच भएको छ।

Advertisement

चिकित्सकले सबै अवस्था सामान्य रहेको तर खटिराका कारण पीडा भएको बताएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top