कुवेतमा अलपत्र नेपाली सेल्टरमै विरामी पर्दै

योगेन्द्र योगी
४ जेठ, दोहा ।
कुवेत सरकारले दिएको आममाफीको कारण आफ्नो आवास छोडेर कुवेतका विभिन्न क्याम्प तथा स्कुलमा अस्थायी रुपमा बसेका नेपालीहरु बिरामी पर्न थालेका छन् । यति बेला ३ हजार ५ सय बढी नेपाली कुवेतका विभिन्न स्थानमा अलपत्र अवस्थामा छन् ।

Advertisement

कुवेतको जिलिव र फर्मानिया र इराकको सीमा क्षेत्रका विभिन्न स्थानमा अलपत्र अवस्थामा रहेका नेपालीहरु उद्धारकालागि नेपाल सरकारलाई गुहारी रहेका छन ।ठूलो संख्यामा स्कुल तथा क्याम्पमा बसेको कारण खान, नुहाउन तथा धेरै दिदिबहिनीहरु बिरामीपर्ने थालेको काठमाडौँकी ज्योती पुनले बताइन् ।

बिरामी परे पनि अहिलेसम्म कसैको पनि स्वास्थ्य परीक्षण गरिएको छैन । त्यहाँ धेरै दिदिबहिनीहरु बिमारी रहेको बताउँदै उनले अहिलेसम्म उनीहरुको स्वास्थ्य परीक्षण पनि गरिएको छैन १८ दिन भैसक्यो कुनै अतोपत्तो नगरिएको बताइन् । कुवेतस्थित नेपाली दूताबासमा फोन गर्दा कुनैपनि समस्या नसुनेको उनले गुनासो गरिन् । संगै बसेका अन्य देशका नागरिकहरु गइसके पनि आफूहरुलाई भने नेपनल सरकारले अनागरिकको जस्तो व्यहार गरेको उनले बताइन् ।

Advertisement

कुवेतको इराकको सीमानामा रहेका गुल्मीका रामचन्द्र भण्डारीले आफूहरुको अबस्था झन्न नाजुक बन्दै गएको तथा खान र शौचालय लगायको समस्या भएको भन्दै उद्धारको लागि पहल गरिदिन आग्रह गरेका छन् ।

Advertisement

बाग्लुङका यमबहादुर कुमालले अप्रिल २६ तारिखदेखि नेपाल फर्किने भनेर बसी रहेपनि कहिले पठाउछ भन्ने थाहा नदिइएको र साथीहरु बिरामी पर्न थालेको बताए ।

उनीहरूका अनुसार चिसो खाना तथा चिसो सिमेन्टमा सुत्नु पारेको कारण पनि बिरामी बढ्न थालेका छन । दूताबास र एनआरएनएले पनि आफूहरुको गुनासो नसुनेको भन्दै सामाजिक संजालमार्फत आफूहरुलाई उद्दार गर्न नेपाल सरकारलाई उनीहरुले आग्रह गरिरहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top