सांसद अपहरणको आरोप लागेका सांसदले दिए मर्ने चेतावनी

४ जेठ ७७, सोमबार

५ जेष्ठ, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीका सांसद कृष्ण कुमार श्रेष्ठ (किसान)ले आफु माथि लाग्दै आएको सांसद अपहरणको आरोपलाई प्रमाणित गरेर देखाउन चुनौति दिएका छन् ।

प्रतिनिधिसधभाको सोमबारको बैठकमा बोल्दै उनले सांसद अपहरणमा संलग्न भएको प्रमाणित भए सबै सांसदको अगाडि झुण्डिएर मर्न तयार रहेको बताएका हुन् । उनले भने “केहीहप्ता अगाडि यहाँ सांसद अपहरणका कुराहरु आए र म लगायत माननीय महेश बस्नेत समेतको चरित्र हत्या गर्ने काम भयो ।

सम्पुर्ण माननीयहरुलाई साक्षी राखेर म भन्न चाहन्छु । अपहरणको आरोप लगाउनेहरुलाई म चुनौति दिन चाहन्छु । यदि प्रमाणित भयो भने सबै माननीयहरुको अगाडि म झुण्डिएर मर्न तयार छु । के हामीलाई आरोप लगाउने डाक्टरहरु पनि झुण्डिन तयार छन् ? ”

Advertisement

विवादास्पद अध्यादेशसंगै पार्टी फु्टाउने षडयन्त्र अनुसार, प्रधानमन्त्री केपीओलीको निर्देशनमा सांसद डाक्टर सुरेन्द्र यादवलाई सर्लाहीबाट अपहरण गरि काठमाण्डौ ल्याउने काम गरेको भन्दै जनता समाजवादी पार्टीका सांसद डाक्टर बाबुराम भट्टराईले सांसद श्रेष्ठ, महेश बस्नेत र निर्वतमान प्रहरी प्रमुख सर्वेन्द्र खनाल विरुद्ध जिल्ला सरकारी कार्यालय काठमाण्डौमा मुद्धा दर्ता गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top