६ जेष्ठ, काठमाडौं । हालसम्म कोरोना संक्रमित नदेखिएको कर्णाली प्रदेशमा सोमबार पहिलोपटक एक जनामा संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा संक्रमितको संख्या ३ सय ७५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कर्णाली प्रदेशका दैलेख, आठबीस नगरपालिकाका ३५ वर्षीय पुरुषमा कोरोना पोजिटिभ पाइएको हो ।
लकडाउनको अवधिमा महेन्द्रनगर हुदै ३५ दिनअघि भारतको आग्राबाट आएका ती व्यक्तिको स्वाबको नमुना सोमबार सुर्खेतमा परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएको हो ।
कर्णाली प्रदेशमै पहिलो परीक्षण पोजेटिभ देखेपछि पुनः परीक्षणको लागि सोमबारै नेपालगन्ज पठाइएकोमा त्यहाँ पनि पोजेटिभ देखिएको थियो । क्वारेन्टाइनमा रहेका उनलाई उपचारको लागि दैलेख अस्पताल लगिएकोछ ।
सोमबरा राति स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नयाँ थपिएका कोरोना संक्रमितमा धनुषाका २ पुरुष, खोटाङ हलेसीका १ पुरुष, बाँके नरैनापुरका १२ पुरुष, दैलेख आठबीसकोटका १ पुरुष, सुनसरीका १ पुरुष र झापाका १ पुरुष रहेका छन् ।