१० जेठ, सुनसरी ।
सुनसरीको हरिनगरा गाउँपालिका–७ कबिलासामा भएको मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।
आज दिउँसो साढे २ बजेको समयमा घुस्कीबाट देवानगञ्ज तर्फ जाँदै गेरको को २ प ८८४६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना भएको थियो ।
दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक देवानगञ्ज गाउँपालिका–२ का २५ बर्षीय सजिम अंसारीलाई उपचारको लागी बिराटनगरको गोल्डेन अस्पताल पठाईएकोमा उपचारको क्रममा पौने ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।